एमाले महाधिवेशन : नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा जम्मा हुँदै

एमाले महाधिवेशन : नेता होटेलमा टहलिँदै, कार्यकर्ता नारायणी किनारमा जम्मा हुँदै

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १०, २०७८

नेकपा एमालेको १०औँ महाधिवेशन शुक्रबारदेखि चितवनमा सुरु हुँदै छ । देशका विभिन्न क्षेत्रबाट सहभागी हुन नेता, कार्यकर्ता महाधिवेशनस्थल नारायणी नदी किनारमा जम्मा हुँदै छन् । 

महाधिवेशनमा सहभागी हुन चितवन पुगेका नेताहरू शुक्रबार बिहान होटेलको प्रांगणमा टहलिँदै गर्दा कार्यकर्ता भने महाधिवेशनस्थल नदी किनारमा जम्मा भइरहेका छन् । महाधिवेशनको उद्घाटन सत्र सुरु हुनै लाग्दा अध्यक्ष केपी ओली निकटका रूपमा चिनिएका पृृथ्वी सुब्बा गुरुङ, विष्णु पौडेल, शंकर पोखरेल, सुवास नेम्वाङ, रघुवीर महासेठ, ईश्वर पोखरेल, महेश बस्नेत, दुर्गा प्रसाईं, बच्चन सिंहलगायतका नेता होटेलमा टहलिँदै गरेका हुन् ।

शुक्रबारदेखि सुरु हुने महाधिवेशन आइतबारसम्म चल्नेछ । महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।