जीएस पौडेल: संघसंस्थाका गुटबन्दीले अलग राखेका ‘एक सर्को माया’ र ‘पहेँलपुर’का मानस-पिता
मंसिर ११, २०७८

उहाँका हालसम्म केवल २ वटा कृति प्रकाशनमा आएका छन्, ‘एक सर्को माया’ र ‘पहेँलपुर ।’ ‘एक सर्को माया’ले उहाँलाई चर्चित बनायो भने ‘पहेँलपुर’ले साहित्यकारका रूपमा स्थापित गरेको छ । 

पहेँलपुर उपन्यासले उहाँलाई लेखनमा परिपक्व बनाएको छ । विदेशमा रहेर पनि आफ्नो रुचिका रूपमा साहित्यलाई अगाडि बढाइरहनुभएका घनश्याम पौडेल साहित्यमा जीएस पौडेलको रूपमा आउनुभएको छ । 

प्रकाशनका हिसाबले जीएस नयाँ लागे पनि गुणस्तरका हिसाबले त्यसो मान्न सकिँदैन । विदेशमा बसेर काम गर्दै उब्रेको समयमा लेख्नुले पनि उहाँको साहित्यप्रतिको हुटहुटीलाई दर्शाउँछ ।

०००

उहाँको बुबा खेतीपातीका साथै जागिर पनि गर्नुहुन्थ्यो । तर, त्यो ठूलो जागिर भने थिएन । आमा घर व्यवहार तथा खेतीपाती हेर्नुहुन्थ्यो । खेतीपाती तथा पशुपालन नै घर व्यवहार चलाउने मुख्य स्रोत थियो । 

सीमित स्रोतले घर चलाउन सजिलो पक्कै थिएन । यस अर्थमा निम्न मध्यम वर्गीय परिवार हो उहाँको ।

०००

उहाँको जन्म यस्तै निम्न मध्यम सामान्य किसान परिवारमा भएको हो । वर्ष भने २०४१ साल । तत्कालीन मुकुन्दपुर गाविस तथा हाल भने गैँडाकोट नगरपालिका- १३ । उहाँकी एक जना बहिनी पनि हुनुहुन्छ । 

नारायणीमा पौडी खेल्ने, माछा मार्ने, आँप तथा लिच्ची चोर्न जाने गुच्चा खेल्ने, पांग्रा गुडाउने आदि गरेर एउटा आमनेपालीको बाल्यकाल जस्तै बित्यो उहाँको बचपन पनि । 

बुबा छुट्टाभिन्न भएपछि भने उहाँलाई सकस नै पर्‍यो । आमालाई सञ्चो थिएन । बुबा जागिरबाट घर आउन नपाउने । बिहान उठेर भैँसीलाई कुँडो पकाउने, घाँस काट्ने, चोकर ल्याउनेदेखि भात पकाउनेसम्म उहाँको जिम्मेवारीमा पर्‍यो । 

बहिनीलाई भात ख्वाएर उहाँ स्कुल जानुहुन्थ्यो । यो क्रम करिब १० कक्षा पढ्दासम्म रह्यो उहाँको ।

०००

नारायणी प्राथमिक विद्यालयबाट चिन्न सुरु गरेको अक्षरले उहाँलाई त्यहाँ ५ कक्षासम्म पछ्यायो । शिशु कक्षामा हुँदा भने डेस्क, बेञ्च थिएन बस्नका लागि । ढुंगा, मुढा जे भेट्यो, त्यसमै हुन्थ्यो बसाइ । तर, एक कक्षादेखि भने डेस्क, बेञ्च थिए । 

५ कक्षासम्म उहाँ दोस्रो हुनुहुथ्यो । बसाइ पनि दोस्रो बेञ्चमा नै हुन्थ्यो । कक्षामा झण्डै २५-३० जना विद्यार्थी हुन्थे । त्यसमा महिलाहरू ८-१० जना हुन्थे । 

विद्यालयमा पानीको दुःख थियो । कैलाश आश्रमबाट ल्याउनुपथ्र्यो पानी । पानी खानका लागि तँछाड-मछाड हुन्थ्यो । 

५ कक्षापछि भने उहाँ घरबाट करिब आधा घण्टा पर पितौँजीको रत्नराज्य स्कुलमा जानुभयो । रत्नराज्य त्यस क्षेत्रको एउटा मात्र माध्यमिक विद्यालयको रूपमा थियो त्यस बेला ।

०००

सानो प्राविबाट ठूलो अनि घरभन्दा परको स्कुलमा गएपछि जीएसमा अलिकति मनोवैज्ञानिक प्रभाव पनि पर्‍यो । दोस्रो हुने मान्छे उहाँ विषय लागेर पास हुनुभयो ६ र ७ कक्षामा । 

त्यस बेला रिजल्ट सुनाउने चलन थियो । उहाँको नाम सरले लिनुभएन । उहाँले गएर सोध्नु पनि भयो । छैन नाम भन्ने कुरो पो आयो त !

त्यो दिन उहाँ स्कुलदेखि रुँदैरुँदै घरसम्म आउनुभयो । दोस्रो हुने मान्छे फेल भएकामा साथीहरूले बाटोमा जिस्क्याए पनि । 

भोलिपल्ट भने घरबाट बिदाबारी भएर स्कुल नगईकन उहाँ फुपूको घरमा जानुभयो । 

करिब १० दिनपछि उहाँ विषय लागेर पास भएको तर गल्तीले नाम भन्न छुटेको भन्ने थाहा पाएपछि मात्र स्कुल जानुभयो ।

०००

नारायण पंगेनी अर्थात् पंगेनी सर त्यस बेला राम्रो अंग्रेजी पढाउनुहुन्थ्यो । सरकारी विद्यालयमा अंग्रेजी गाह्रो नै हुन्थ्यो । सरको स्वभाव अलिक कडा थियो । त्यसैले पंगेनी सर भनेपछि सबैको सातो जान्थ्यो । 

त्यसपछि ९, १० कक्षामा अंग्रेजी पढाउने शिव सरलाई पनि उहाँ एकदमै सम्झनुहुन्छ । 

फुटबल उहाँको असाध्यै रुचिको खेल । उहाँले फुटबलको जिल्लास्तरीय प्रतियोगिता पनि खेल्नुभएको छ । चुङ्गी पनि त्यतिकै मनपथ्र्यो उहाँलाई ।

०००

उहाँले २०५६ सालमा एसएलसी दिनुभएको हो । उहाँको ब्याचमा करिब १२० जना थिए । ‘त्यसमध्ये ८०-९० जना पास भए होलान्’, पौडेल सम्झनुहुन्छ । 

एसएलसीको रिजल्ट भएको थाहा पाएपछि बिहान खाना खाएर झमझम पानीमा रुझ्दै उहाँ नारायण दाइको पसलमा जानुभयो । बिहान ९ बजे गएको बेलुकी झण्डै ५ बजे साझा बसले नारायण दाइको पसलमा गोरखापत्र झारेपछि बल्ल रिजल्ट हेर्न पाउनुभयो उहाँले । 

रिजल्ट भएको थाहा पाएको करिब ९ घण्टापछि बल्ल उहाँले रिजल्ट हेर्न पाउनुभयो । 

कक्षा ८ देखि पढाइ राम्रो भएका कारण पास हुन्छु भन्ने त थियो उहाँलाई तर पनि एसएलसी के हो के हो भन्ने पनि डर थियो मनमा । 

९ घण्टाको त्यो मनको उद्वेग, नारायण दाइको पसल, साझा बस र गोरखापत्र अहिले पनि उहाँको सम्झनामा छ ।

०००

उहाँको फस्र्ट डिभिजन आयो । उहाँ विज्ञानको एकदम राम्रो विद्यार्थी । विज्ञानमा ९० नम्बरभन्दा कम आएको थिएन यसअघि विद्यालयमा । 

एसएलसीमा पनि उहाँले यस्तै सोच्नुभएको थियो । तर, नम्बर भने ५० मात्र आयो । सबैभन्दा कम । 

यसले उहाँमा एक प्रकारको वितृष्णा जाग्यो अनि उहाँले विज्ञान पढ्न छाडेर मुख्य विषय अंग्रेजी लिएर मानविकी पढ्न थाल्नुभयो । नारायणगढको बालकुमारी उच्च माविमा । 

नारायणगढ बजार नजिकै भए पनि उहाँहरू बजार खासै जानुहुन्थेन अनि कलेज पढ्ने बेलामा भने डेरा लिएर बस्न थालेपछि भने उहाँको बाहिरी संसारसँग सम्पर्क बढ्दै गयो । 

खुम्चिएर रहेको आफूलाई उहाँले प्रस्तुत गर्ने मौका पनि पाउनुभयो बजारको बसाइले ।

०००

कोठा भाडा ५०० रुपैयाँ थियो । उहाँहरूले २ वटा कोठा भाडामा लिनुभएको थियो । ८-१० जना साथीहरू बस्थे कोठामा । 
त्यस बेलासम्म ग्यास आइसकेको थिएन । स्टोभमै भात पकाउनुपथ्र्यो । भर्‍याङमुनिको सानो ठाउँमा स्टोभमा दम दिँदै भात पकाउनुहुन्थ्यो उहाँहरू । 

उहाँको जिम्मा भने भाँडा माझ्ने परेको थियो । त्यो उहाँको रोजाइ पनि थियो । 

अहिलेसम्म पनि उहाँलाई खाना पकाउन भनेपछि साह्रै अल्छी लाग्छ । भाँडा माझ्न भने उहाँ अहिले पनि अगाडि सर्नुहुन्छ ।

०००

भर्खर १६-१७ को उमेरमा साथीभाइसँग डेरामा बस्दा फिल्मदेखि केटीका सम्म कुरा हुन्थे । तर, उहाँहरूको भने फिल्मतिर धेरै झुकाव भएकाले केटीप्रति त्यति रुचि रहेन । 

उहाँ ११ कक्षामा त सोझै पास हुनुभयो । उहाँ र अर्को एक जना साथीलाई स्कुलमा कम्प्युटरको हीरा भन्थे । तर, विडम्बना ! प्राविधिक कारणले उहाँ १२ कक्षामा कम्प्युटरमा फेल हुनुभयो । 
एक महिनापछि पुनः जाँच दिएर पास हुनुभयो । पास त वर्ष खेर नगईकन भयो । तर, रिजल्ट त्यति राम्रो आएन । सेकेण्ड डिभिजन मात्र ।

०००

१२ कक्षा सकेपछि उहाँले रजहरमा रहेको वाइज भिजन स्कुलमा पढाउन थाल्नुभयो, जो उहाँको फुपूको छोराको स्कुल थियो । 

स्कुलमा उहाँको तलब ३ हजार रुपैयाँ थियो । तलबका रूपमा यो पहिलो भए पनि उहाँले एक जनाको १०० रुपैयाँका दरले ट्युसन पनि पढाउनुहुन्थ्यो । यसबाट पनि केही आम्दानी हुन्थ्यो । 

पहिलो तलब उहाँले लगेर आमालाई दिनुभयो- एक पैसा पनि नचलाई । बुबा बाहिरै हुने कारणले आमालाई पैसाको निकै दुःख थियो ।

आमाले आफ्नो गहना बेचेर पनि उहाँको फी तिर्नुभएको छ । धेरै हण्डर पाउनुभएको छ आमाले व्यवहारमा । त्यस कारण पनि उहाँको मनमा आमाप्रतिको बेग्लै सम्मान छ । हुनत सबैको सम्मान रहन्छ नै आमाप्रति तर उहाँको भने विशेष छ भन्नुहुन्छ जीएस । 

सानोमा त आमाले धेरै पिट्नुभयो रे भनेर उहाँलाई हजुरआमाले भन्नुभएको हो । तर, थाहा भएपछि भने उहाँलाई ठूलो स्वरमा गालीसमेत गर्नुभएको छैन । 

अलिक राम्रो पदमा पुगेपछि कामको चाप केही कम भयो । केही फुर्सद निस्कन थाल्यो । सानो टापु भएकाले लामो सफर पनि नहुने अनि दुबईको जस्तो घुम्ने ठाउँ पनि धेरै नहुने भएकाले उहाँको लेखनको हुटहुटीले यहाँ शिर उठायो । 

उहाँले वाइज भिजन स्कुलमा ६ महिना मात्र काम गर्नुभयो । त्यसपछि गाउँको बोर्डिङ स्कुलमा एक-डेढ वर्ष पढाउनुभयो । 

पछि बहिनी परासीमा बसेर पढ्ने हुनाले परासीमै आएर उहाँले अर्को एक-डेढ वर्ष पढाउनुभयो । त्यतिन्जेल उहाँको बीए पनि सकिइसकेको थियो । 

बीए भने उहाँले पृथ्वीनारायण क्याम्पस पोखरामा ‘ज्वाइन’ गर्नुभयो । उहाँले ३ वर्षे बीएमा भने कहिल्यै पनि क्याम्पस गएर कक्षा लिनुभएन । कारण थियो, स्कुलको जागिर ।
परीक्षाको बेला एक महिना होटलमा बसेर पढेर जाँच दियो, सकियो तर पास भने सरासर ।

०००

गाउँमा पढाउँदा उहाँको प्रेम भयो । प्रेम पछि विवाहमा परिणत भयो । हाल उहाँका १० वर्ष र ६ वर्षका २ छोराहरू हुनुहुन्छ । 

प्रेमका सम्बन्धमा कुरा गर्दा ८ कक्षातिर उहाँलाई एक जना केटी एकदमै मनपर्ने । उहाँले आफ्नो कृषिको किताबको हरेक पानामा एउटा-एउटा शब्द लेख्दै प्रेमपत्र नै लेख्नुभयो । कसोकसो गरी त्यो किताब केटीको हातमा पर्‍यो । उहाँले थाहा पाउनुभयो । 

तर, उहाँले राम्रो पनि मान्नुभएन अनि नराम्रो पनि । ‘तिमीले यस्तो पनि लेख्दोरै’छौ’ भनेर भन्नुभयो । समयक्रममा त्यो त्यसै हरायो ।

०००

बीए सकिए लगत्तै उहाँ पढाउन छाडेर पढ्न जानुभयो सिंगापुर । विषय थियो- हस्पिालिटी म्यानेजमेन्ट । एक सेमेस्टर अर्थात् ६ महिना त पढ्नु पनि भयो । 

तर, स्टुडेन्ट भिसामा गएको मान्छे काम गर्न पनि नपाइने । काम नगरी विदेशमा कसरी बाँच्ने ? सिंगापुरमा कानुन पनि कडा । 

सिंगापुरमा बस्ने वातावरण नभएपछि उहाँ सोझै दुबई हानिनुभयो । त्यतिन्जेल बहिनीको बिहे भइसकेको थियो र ज्वाइँ दुबईमा हुनुहुन्थ्यो । 

उहाँले दुबईको साफ्को इन्टरनेसनल जनरल ट्रेडिङ कम्पनीमा काम सुरु गर्नुभयो, जुन बहुर्राष्ट्रिय कम्पनी थियो । 

डाटा इन्ट्रीको सहायक पदबाट उहाँको काम सुरु भयो । ५ वर्ष काम गर्दा उहाँको पदोन्नति हुँदै गयो । 

बहुर्राष्ट्रिय कम्पनी भएकाले थुप्रै देशमा शाखा भए पनि माल्दिभ्समा भने शाखा थिएन । माल्दिभ्समा खोल्ने नयाँ शाखा उहाँलाई सम्हाल्न भनियो । 

सन् २०१३ देखि उहाँ साफ्को अन्तर्गतको फुड स्पेसियालिटी माल्दिभ्सको कन्ट्री मेनेजर हुनुुहुन्छ ।

०००

९ कक्षामा पढ्दा उहाँ निबन्ध प्रतियोगितामा प्रथम हुनुभयो । उहाँको शैली शिक्षकहरूले धेरै नै मनपराएर ‘तिम्रो शैली एकदम राम्रो छ, लेख्दै गर’ भनेर लेख्न प्रेरणा दिइरहनुहुन्थ्यो । 

यसै बीचमा उहाँले फाट्टफुट्ट कथा, कविता लेखिरहनुभयो । उहाँले एसएलसी दिएपछि एउटा ‘गरिब’ नामक सानो उपन्यास लेख्नुभएको थियो । तर, त्यसको पाण्डुलिपि पनि अहिले उहाँसँग छैन । 

उहाँले त्यसको पाण्डुलिपि सरस्वती रिजाललाई देखाउनुभयो । सरस्वती त्यस क्षेत्रको आदरणीय र चर्चित नेपाली शिक्षिका हुनुहुन्थ्यो । यसभन्दा अघि उहाँले आफूले लेखेको कसैलाई देखाउने गर्नुभएको थिएन । 

एक हप्तापछि सरस्वतीले उहाँलाई राखेर ‘तिम्रो शैली एकदमै राम्रो छ । तर, यहाँ, यहाँ लेखेको मिलेन/भएन, यसरी लेख्ने’ भनेर रातो कलमले चिह्न लगाएरै देखाउनुभयो । 

यसले उहाँलाई लेख्ने हुटहुटी जगायो । तर, विडम्बना ! एसएलसीपछि उहाँ पढाउन थाल्नुभयो । त्यसले उहाँलाई व्यस्त बनायो । लेखनमा समय दिन पाउनुभएन ।

अनि, उहाँ लगत्तै विदेश जानुभयो । यसले लेखनलाई झन् अस्तव्यस्त बनायो । माल्दिभ्स आएपछिका केही वर्ष त संघर्षमै बित्यो । 

तर, अलिक राम्रो पदमा पुगेपछि कामको चाप केही कम भयो । केही फुर्सद निस्कन थाल्यो । सानो टापु भएकाले लामो सफर पनि नहुने अनि दुबईको जस्तो घुम्ने ठाउँ पनि धेरै नहुने भएकाले उहाँको लेखनको हुटहुटीले यहाँ शिर उठायो । 

अब एउटा उपन्यास लेख्छु भनेर उहाँले ५-६ पेज लेख्नुभयो । तर, अब म लेख्न सक्दिनँ भनेर लेख्ने हिम्मत नै आएन । 

एक दिन उहाँको अर्पाटमेन्टमा साथीहरूको शुक्रबारे जमघट थियो । जमघटमा उहाँले आफूले लेखेको अंश सुनाउनुभयो ।

साथीहरूले सुरुवातमै कस्तो राम्रो भनेर हौसला दिए । लेख्न उक्साए । तर, पनि उहाँले लेखिरहनुभएको थिएन । 

प्रत्येक जमघटमा साथीहरूले कहाँ पुग्यो उपन्यास ? भन्न थाले । फोनबाट पनि कहाँ पुग्यो ? भनेर सोध्न थाले । यसले उहाँलाई प्रेरणाका साथै नैतिक दबाब पनि पर्‍यो । 

यसरी उहाँको पहिलो कृति उपन्यास ‘एक सर्को माया’ जन्मियो । यो सन् २०१५ को कुरो हो ।  

‘एक सर्को माया’को लालचले ‘पहेँलपुर’ भएका जीएस पौडेल 

त्यसपछि उपन्यासकै रूपमा उहाँको अर्को कृति जन्मियो ‘पहेँलपुर’, जुन अहिले बजारमा चर्चा कमाएको पुस्तकमध्ये पर्छ । 

कथामा पहेँलपुर भन्ने एउटा संगठन छ, जसले देशका सबै गतिविधि चलाइरहेको छ । तर, दृश्यमा पर्दामा भने राजनीति, नेता अनि अरू नै देखिन्छन् । यथार्थमा भने देखिएको जस्तो हुँदैन । 

जोसँग शक्ति छ, पैसा छ, उसैले प्रदेशदेखि केन्द्र सरकारसम्म चलाइरहेको छ । मुखौटो भने देशका कार्यकारी तथा अरू देखिएलान् । यो राजनीतिमा मात्र लागू नभएर हाम्रो जीवनमा कसरी लागू हुन्छ भन्ने देखाइएको छ उपन्यासमा । 

कसैको राजनीतिक स्वार्थ, धनी हुने स्वार्थ अनि व्यक्तिगत स्वार्थले अरूको जीवनमा कसरी असर गर्छ भन्ने कुरा मुख्य रूपमा उपन्यासमा वर्णित छ ।

०००

‘एक सर्को माया’का धेरै पाठक पहेँलपुरको पनि पाठक भएको उहाँ भन्नुहुन्छ । त्यस कारण पनि उहाँले एक सर्को मायाकै पात्रलाई यहाँ पनि जोड्नुभएको छ ।   

उहाँको विदेशमा भएका कारण संघसंस्थासँग खासै आवद्धता रहेन । अर्को कारण भनेको साहित्यिक संघसंस्थाभित्र देखिने गुटबन्दीले पनि उहाँलाई त्यसबाट अलग बनाएको रहेछ । 

पुरस्कारका हकमा पनि साहित्य केवल आफ्नो रुचि भएकाले पुरस्कारको आशा तथा लोभ नभएको उहाँको भनाइ छ । 

समय, जाँगर र परिस्थितिले साथ दिएसम्म बिनाआशा आफ्नो रुचिको विषय साहित्यमा लागिरहने उहाँको सोच छ ।