मतदातालाई गुलाबको फूल !

मतदातालाई गुलाबको फूल !

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

काठमाडौं । लोकसभा चुनाव २०१९ अन्तर्गत छैठौं चरणमा आज सात राज्यका ५९ सिटका लागि निर्वाचन हुँदैछ ।

निर्वाचनका क्रममा न्यु अशोक नगरको एक मतदान केन्द्रमा मतदातालाई गुलाबको फूल बाँडिएको छ ।

आम आदमी पार्टीका कार्यकर्ताले यसको विरोध गरेका छन् । भारतीय जनता पार्टी (भाजपा)को चुनाव चिन्ह पनि फूल भएकाले गुलाब फूल बाँड्दा उक्त पार्टीलाई फाइदा पुग्ने कार्यकर्ताको दाबी छ । ‘यो जानाजान गरिएको षड्यन्त्र हो,’ कार्यकर्ता भनेका छन् । यो खबर बिबिसी हिन्दीबाट साभार गरिएको हो ।