नदी किनारमा यौन व्यापारी युवतीको फन्दामा:'साप ! भाका बसिसिन्छ हजुर ? एक पल्टको सया हो ।'

'बादल जस्तै माथिमाथि  उड्यो मेरो मन....' बोलको गीतको मानव शास्त्र

नदी किनारमा यौन व्यापारी युवतीको फन्दामा:'साप ! भाका बसिसिन्छ हजुर ? एक पल्टको सया हो ।'

प्रा.डा. विष्णु राई  |  लोकरञ्जन  |  मंसिर १२, २०७८

'बादल जस्तै माथिमाथि  उड्यो मेरो मन 
कुन्नि तिम्रो छेउमा बस्दा के के हुन्छ झन् ' 

मनमा अशान्ति बोकी रुकुमको मुसिकोटबाट दिनभर हिँडेर चौरझारी एयरपोर्ट हतार हतार साँझमा पुगेको थिएँ । अल्लारे जोसमा सानो भेरीको  तिरैतिर हिँडेको थाहै भएन । बासमा मनग्गे खुट्टा दुखेर सुनिएका थिए ।  पहाडको भिरालो बाटो फाल्हान्दै हिँडेको थिएँ । तर भोलिको काठमाडौँ आउने हवाईजहाज क्यान्सिल भएको सुन्दा मर्नु भएको थियो ।  कारण थियो भाइ कान्छा सिकिस्त छ भन्ने मलाई खबर थियो । जतिसक्दो छिटो काठमाडौँ पुग्नु थियो । सहरमा परिवारहरू कसरी बसिरहेका छन् । अर्को पीडा र चासो पनि थियो ।

यो गीतको पछाडि यस्तै जीवनको बाटोमा भेटिएका दृश्य अदृश्य चोटका  कथाहरू लुकेका छन् । वर्तमानमा अनुभूत भएका दृश्यलाई लेख्ने अनायास प्रयास गरेको छु । यो गीतको रेकर्ड २०६४ सालमा भएको थियो ।

२०४० सालमा घरेलु हाकिम भएर चौरझारी पुग्दा उराठ लाग्दो बगर थियो ।  प्लेन चलेको दिन सानो हटिया लागे जस्तो रमझम हुन्थ्यो ,अनि तुरुन्त सकिन्थ्यो । दिन काट्न मलाई गाह्रो भयो । टहलिन नजिकै भेरी नदीको निलो शान्त सुसेली हेर्न गएँ । सफा सुन्दर नदीले गीत गाएको सुन्दा मन खुसीले छल्किरहेको थियो । नदी पुग्ने बेला आधा बैँसे जस्ती र अर्की युवतीले भेरी नदीको डिलमा बसेर मन्द मुस्कानमा मलाई बोलाइरहेका थिएँ । तर स्थानीय भाषाको करण मैले त्यति बुझिनँ ।  फरक लवजमा बोल्छन् रुकुम रोल्पाका मानिसहरू । बाटोमा बादी महिलाहरू भेटिन्छन्। उनीहरूले भाका बस्नु आग्रह खुला रुपमा गर्छन् भनेको सुनेको थिएँ । भाका बस्नुको अर्थ यौन सम्पर्क भन्ने बुझिन्छ ।

आपत्तिको कुरो थिएन त्यता चलनै रहेछ । युवतीले सिधै लज्जा लु भाषामा मुख खोलिन् - 'नमस्कार साप ! भाका बसिसिन्छ हजुर ? एक पल्टको सया हो । अरु त हजुरको मर्जी' ।  किन लजाइबक्सेको हो । मैले उत्तर नदिई अर्की आधा उमेरकी जस्ती महिलाले थपिन् - 'लजाउन पर्दैन साप ! कुन होटेलमा हो । हामी आम्छौ नि ? ऊ कि म बोलिस्यो राजा.... बोलिस्यो ? उनीको अनुहारमा मिठो सपनाको एक छायाँ टल्किरहे थियो । सम्झँदा लाग्छ, तिखुरी काली उनीलाई बाक्लो परेलीले खुब सुहाएको थियो । 

भेरी नदीलाई छुन हिँडेको म बाटैमा यौन व्यापारी युवतीहरूको कुराले अलमलिएँ । यी महिलाहरूसँग बोलेको मानिसले देखे के भन्लान् । जस्तो लागेर यता उता हेरें । उनीहरूले सहज रुपमा भाका बसे केही हुन्न । हाम्रो पेसा हो भनेर मलाई फकाइरहेका थिए । भाका भनेको कतै एकान्तमा यौन सम्पर्क गरौँ भन्ने बुझिन्छ । महिलाहरूको अनुहारमा चिसो भेरी नदीको हावाले मन्द स्पर्श गर्दै थियो । उनीहरूको सुन्दर ओंठमा कता कता मिठो चिसो मादकता देखेँ । 

 मेरो शरीर अचानक तातिएको थियो । कल्पना गरेँ । यी सुन्दर शरीर कस्ता मान्छेले मोज गरे होलान् ? मेरो मन अनायास आफैँभित्र हल्लिएको थियो ।  मलाई भेरी नदीको चिसो हावाले स्पर्श गरेको थिएन । शान्त भेरी नदीको मिठो हावा बगिरहे थियो । अहिले लेखिरहँदा कसो कसो मेरो यो उमेरको ह्याकुलो फेरि काँपिरहेछ । मैले प्रश्न गरेको थिएँ - 'तपाईँहरूको सुन्दरता मलाई लागिरहेछ, एक गीतकारको सुन्दर प्रिय सी तपाईँ नै हो ।  तर कसले सिकायो यस्तो अपहेलित पेसा ?' 

तुरुन्तै महिलाले भनेकी थिइन् -'मालिकहरूले हाम्रो जात, इज्जत बिगारे हुन् ।'  को मालिक ? मैले प्रश्न गरेको थिएँ । युवतीले भुईँ कोट्याएर भनिरहेकी थिइन् - 'खोइ को भनूँ !  गरिबलाई मालिकले यस्तै गर्छन् । यस्तै पेसामा लगाए छन् । जात ठुला भएकाहरूले आफ्नो लाज छोप्न हामीलाई पुस्तौँ यस्तै दलेर दलित बनाए साब ! महलमा छन् ! कोही सहरबाट आउँछन् ।  कोही मालिक यतै छन् ।  भनिबक्सोस्  न के छ ? जाऊ उत्ता........कि होटेल‍‍‍‍......!  डराउन पर्दैन एक छिनमा ठिक हुन्छ ।

मैले नजाने भनेपछि आधा बैशें महिलाले तल बग्दै गरेको निलो सफा पानीलाई घरी आकाशको घुर्मैलो बादललाई  एकोहोरो हेर्दै भनेकी थिइन् -'माथि उड्ने बादल जस्तो मन उड्छ  के भन्या । बक्स्योस न त हजुरको पनि मन हाम्लाई ।'

यस्तो काम नगर्दा हुन्न ? मैले प्रश्न गरेको थिएँ । युवतीले निचोरिएको अनुहारमा भनेकी थिइन् - 'सबैले 'बादी' भन्छन् । केही काम दिँदैन । तल्लो जात भनेर अछुत भन्छन् साप  ! कता जाऊ नि... ? यो काम नगरेर । मालिकहरूले जिउँदै नरक बनाए । खेती गरौँ जमिन छैन । पुलुक्क मलाई हेरेर आशातीत मुद्रामा फेरि भनेकी थिइन् - 'अब जाऊ के भाका बस्न नलजाई बक्सियोस् । पहिले लजाउने हो ,पछि त ठिक भइहाल्छ नि !

'तल को नुहाउने ? सूर्य हुन नि, रातिको पखाल्दै छिन् ।'  उनीहरू बोलिरहेको सुनेको थिएँ .

'लाग्छ ! हेर्दै हजुर मनकारी होइबक्सिन्छ । भरैलाई छाक छैन र । महिलाले गहिरो नजरले पुलुक्क हेरेर भनिन् । मैले भने -' यहाँका मालिकहरूले सहयोग गर्लान् कि ?'  युवतीले मुसुक्क मुस्कुराउँदै भनिन् - 'लोकल मालिकहरूले त सित्तैमा भाका बस्छन् । नभए अनेक दुःख दिन्छन् ।  आफूलाई ठुला देखाउँछन् पापीहरू । ठुला भन्नेहरूको एकाएक फटाइ थाहा छ ।  के गर्नु ।  

उनीहरूको आग्रहलाई अस्वीकार गर्न कम्ती मुस्किल भएको थिएन । मैले पचासको नोट लिन आग्रह गरेको थिएँ । कस्तो स्वाभिमान ! सायद भने होलान्, कि यो लोग्ने मान्छे नपुंसक हो ?  कि यहाँका मालिकहरू जस्तो दलाहा होइन । 

उनीहरूसँग लामो कुरा गरिरहँदा भेरी नदीको निलो पानीमा पश्चिम ढल्कँदै गरेको घामको पाइला टलपल टल्किँदै थियो । केही युवाहरू कम्मरमा बाबु चिन्डो बाँधेर नदी तर्दै थिए । कोही महिलाहरू शरीर पखाल्दै थिए । मैले सोचे कुनै मालिकले शरीरलाई पवित्र ठान्ने तर ज्यानलाई अछुत ठान्ने धर्मभिरुको नरक जात पखाल्दै छन् । माछा पासोमा मारेको पनि मैले यहीँ देखेको थिएँ । 

गएको वर्ष एक कथित नवराज दलितसङै अन्य युवाहरूले कथित माथिल्लो जातकी मल्ल युवतीसँग प्रेम गरे बापत निर्ममतापूर्वक हत्याबाट ज्यान गुमाउन यही स्थानमा बाध्य भए । स्थानीयहरूले भेरी नदीमा कुटाकुटी हत्या गरेको बिभत्स्य घटना मैले सम्झेँ । जातीय समाज  व्यवस्थाले कति हदसम्म असभ्य चरित्र देखाउँछ भन्ने कुरा त परै छोडौँ । बरु राज्य संचालकहरुलाई आत्मा गौरव भएको होला । राज्य चन्द्र शम्सेरको १९१० को मुलुकी कानुन चलाउन खुसी छन् । जनजातिलाई जबरजस्त हिन्दु बनाउन चाहन्छन् । गणतन्त्र, पहिचान सहितको संघीयता रुचाउँदैनन् । 

 किराँत समुदायमा अहिलेसम्म जात विभेद व्यवस्था छैन । दस थर एक चुल्हा छ । किराँत राज्यलाई समाप्त गरेपछि भारतबाट छिरेका हिन्दु लिच्छ्बीहरुले चार वर्ण सोह्र जात बनाए । मल्ल नेवारहरूले चार वर्ण चौसठी जात भए ।  गोर्खाका राम शाहले देशभर जातीय हिन्दु व्यवस्था राज्यसत्ता प्रयोग गरे । प्रत्येक जातको संस्कृति माथि दमन गरे । जसको परिणाम एक कथित उच्च वर्ग स्वर्गको अनुभूति गरिरहेछ । दलितलाई सानो जात बनाएर नर्कको बास दिए । यो भन्दा ठुलो घोर अनैतिक अपराध के हुन सक्छ ? हामी आफैँ  एक पल्ट दलित भएर सोचौँ त  ?

भर्खरै राजधानीमा रुपा सुनारले डेरा पाइन्न ।  एक सांसदले डेरा नपाएर लजमा बसेका छन् । मानिसको सुन्दरता समेत जातको आधारमा हेरिन्छ । यस्ता विभेदको विरोधमा कुनै पण्डित बोल्दैन । नेता बोल्दैन । मात्र नेताहरू भन्छन् -प्रजातन्त्र, मानव अधिकार देशमा छ . कसरी यस्ता बेतुका कुरा बोल्न सकेको होलान् ।  कहिले कहीँ सम्झँदा 'ऐठन' भए जस्तो हुन्छु ।  

क्रूर अमानवीय विभेदकारी जातीय व्यवस्था हटे यो मानव समाज झन् कस्तो सुन्दर हुन्थ्यो होला ? मन परेको मान्छेसँग विबाह गर्न पाइँदैन त्यहाँ के को प्रजातन्त्र ? हप्ता दिन अगाडि रामेछापका तिनभाई थामीहरूलाई  गाई काटेर खाएको आरोपमा जेल चलन गरे । खोइ धर्म निरपेक्ष संविधान ? अर्काको धर्मलाई सम्मान हुँदैन । कता छ । प्रजातन्त्र र मानव अधिकार र??  कता छन् काला कोटवालाहरू ?

'ए नकचरी सात हजार निकाल होइन भने तँलाई भरै राति असुल्छु ।' मेरै अगाडि बसेकी युवतीले केही प्रतिक्रिया दिइन्  । उनी तिब्बतबाट दिल्ली हिँडेकी रहिछन् । भाषा केही अबुझने भएको कारण उसले गाली गरेको रहेछ । अझ उसले अपशब्द बोलेपछि मैले नबोली सकिनँ ।

कुरा मनभित्र धेरै छन् । यो गीतको प्रसंग आउँदा मनमा एक  प्रकार भैंचालो चलिरहेछ । निर्मम अपराध, दमन विभेद विषयमाथि स्कुल तहमा पाठ राखिन जरुरी थियो । विश्वविद्यालयमा राख्न चाहँदैन । बिरासद भत्केला भन्ने एक थरी तर मारालाई थाहा छ । त्यसकारण दलित, देउकी, हलिया, बादी, देउकी,कमलरी, कमैया जस्ता परम्परालाई धर्मभिरु आफ्नो महत्त्वपूर्ण उपलब्धि ठान्ने गर्दछन् । नेपालको मानवसाश्त्र जटिल छ ।

नेपालको मानव शास्त्र जटिल छ ।

लोक सेवा आयोगको नासु पदको अन्तर्वार्तामा प्रश्न सोधेका थिए ।तपाईँ त हिमाल चढ्न जानु पर्ने ? लाहुर जानु पर्ने ? किन जागिर खान खोजेको ?  उनको प्रश्न अराजक जातीय बोध थियो । मैले उत्तर त दिएँ सायद ! उनको दिमागमा बसेको रेडिमेट नकारात्मक छापलाई सन्तुष्ट भएन । मेरो नाम वैकल्पिक एक नम्बरमा निस्क्यो । त्यसपछि मैले अन्तर्वार्ताको विभेदपूर्ण दादावादी अनुहार हेर्ने कोसिस कहिले गरिनँ ।

 सम्झन्छु त्यो प्रश्न एकल जातीय हैकमवादी चरित्रको नाङ्गो हतियार मेरो छातीमा हानिएको रहेछ । बदनियत पूर्वक प्रश्नको तिरबाट मेरो  हुलुचुलु जीवनको मोडहरू भयानक अनकन्टार दिसातर्फ त्यसपछि मोडियो । उनीहरूको जस्तो अहिले मेरो पनि सरकारी मान्छे भएर समाजमा ठुलो शान्  रवाफ प्रतिष्ठा हुन्थ्यो होला । जीवन क्रमबद्ध चल्थ्यो होला । यस्तै वाधाले बाङ्गोटिङ्गो बाटो हिँडेर जीवनको अन्तिम मोडमा आएको छु । Albert Einstein को भनाइले त्यो समयदेखि जीवनमा साथ दियो 'There are only two ways to live your life. ' हिँडेको बाटो बाधक भएपछि अर्को बाटो हिँड्नु पर्ने बाध्य भएँ । आजतक हिँडिरहेछु न त कुनै मिठो फलको आश छ न त कुनै दया सम्मान खोजी छु ।

बादी महिलाहरूले रुकुममा भाका बस्न अनुरोध गरेको समय मलाई भित्रै मनदेखि मन नभएको होइन । सुन्दरी युवतीहरूसँग भाका बस्न सकिनँ । अहिले पनि सम्झना आउँदा उनीहरूको मुस्कान सम्झेर मनको भावना भलक्क उर्लेर आउँछ । र त उनीसँग डुब्न असमर्थ भए पनि  गीतको भावनाभित्र पोखिन बाध्य भएँ । उराठिलो शब्दलाई संगीतबाट बोल्ने सामर्थ्य दिने प्रसिद्ध संगीतकार दिनेश सुब्बाप्रति आभार प्रकट गर्दछु ।

यो गीतलाई लेख्न बाध्य बनाउने अर्को घट्ना पनि थपिएको थियो । दिल्ली जाने क्रममा नेपालगन्जको घटनाले मलाई नमिठो छाप बसेको थियो । रुपेडिया भन्सारबाट हाम्रो बस अगाडि बढेन । बोर्डर छेउको पीपलको फेदमा बसेर एक नेपालीले दिल्लीमा फोन गरेको सुनेँ - 'सात चराहरू उडेर आउँदै छ । बल्ल सात युवतीहरू बोर्डर कटाउन सफल भएछ । हाम्रो डिल्ली जाने बस भारत प्रवेश भयो । तुरुन्त फेरि एक घण्टा रोकियो ।

 भारतीय पुलिसलाई केही मिलायो होला तर एउटा कुरा भने मिलेन छ । कन्डक्टर एक्कासि ड्राइभर छेउको मेसिन माथि बसिरहेकी तरुनी महिलालाई अपशब्द बोल्यो -'ए नकचरी सात हजार निकाल होइन भने तँलाई भरै राति असुल्छु ।' मेरै अगाडि बसेकी युवतीले केही प्रतिक्रिया दिइन्  । उनी तिब्बतबाट दिल्ली हिँडेकी रहिछन् । भाषा केही अबुझने भएको कारण उसले गाली गरेको रहेछ । अझ उसले अपशब्द बोलेपछि मैले नबोली सकिनँ । करण के रहेछ भने उनीले दस जोर जुत्ता झोलामा बोकेकी रहिछन्

 भारतीले तिब्बती भनेर सात हजार मागेको रहेछ । मैले कुरा बसबाट झरेर मिलाई दिएँ । उनले सात हजार होइन जुत्ता छोड्न मन्जुर भइन् । बल्ल ! बस दिनको एक बजे तातो हावा खाँदै कुद्न थाल्यो ।  बस भारत भूमितर्फ जति कु ददै दक्षिण पश्चिम कु ददै गयो । त्यति नै युवतीको सुन्दर आकाश जस्तो अनुहार दूर क्षितिजलाई हेर्दै उदासी नीरस बादलले छोप्दै ल्यायो । मलाई लाग्यो उनको खुसी उनकै सामु आज लुटिएको छ । मेरो मन उनको उदासी चेहरा हेरेर दिनभर जलिरह्यो । बस बेतोड कुदिरह्यो ।

विवेकको आँखा उपचारको लागि दिल्लीको एम्स अस्पताल २०६४ साल जेठमा काठमाडौँबाटै डाइरेक्टर बसबाट गएका थियौँ । अस्पतालमा सबै चिकित्सकहरूले सद्भाव देखाएका थिए । अझ एक महिला चिकित्सकले सबै चिकित्सकहरूलाई हाम्रो समस्या बताई दिने र छिटो सेवाको लागि आग्रह गरेकी थिइन् । उनलाई धन्यवाद भन्न चाहन्छु । त्यो बेला दिल्लीमा मैले पहिलो पल्ट भोगेको अचाक्ली गर्मी थियो । गर्मीको डरले नेपाल एम्बेसीमा जय छांगछा जीलाई भेटेर नेपाल फर्कन एयर लाइन्सको टिकट मिलाइदिन आग्रह गरेको थिएँ । प्लेनमा जम्मा बत्तीस यात्री थियौँ तर मैले टिकट खोज्दा प्याक छ भन्ने जवाफले म हैरान भएको थिएँ ।

 यस्तो अमर्यादित कामले नेपाल एयर लाइन्स घाटा नजाने कुरै भएन । आफ्नो मान्छे राख्ने अनि मस्ती कुम्लाउने संस्थान सायद यो पहिलो श्रेणीमा पर्ला । हामीसँगै स्थापना भएको थाई एयर लाइन्सको प्रगति अकल्पनीय देखिन्छ । मुठीभर मान्छेले देशको तर खाए । खाइरहेका छन् । कसैलाई नसियत हुँदैन सबै उस्तै छन् । जिससको धार्मिक कथा सान्दर्भिक होला । जि सस कतै जाँदै थिए । बाटोमा एक महिलालाई अनैतिक आरोपित गरेर सबैले ढुंगा हान्दै मार्न लागिरहेका थिए । यो अद्भुत तर दुखद क्षण देखेर जिससले तुरुन्छ भनेछन् - 'ए रोक के गरेको यो ..... ।  मैले सुने तपाईँहरूको कुरा ! ठिक्छ त्यसो भए ! उनलाई मार्नलाई को चोखो मान्छे छन् ? उनीहरूले मात्र मर्न सक्छन् । ल तयार हुनुहोस्  । यो कुरा सुनेपछि सबै सुस्तरी भागेछन् ।

यस्तै जीवनको तितो सत्य र हन्डर खाएका अनुभूतिहरूले मलाई कुनै न कुनै सृजना गर्न बाध्य बनाउँछ  ।  मन यस्तै कथा व्यथाले हल्लन्छ ।  केही कुरा लेख्छु  । अन्त्यमा गीतका गायक भूपाल राईलाई सम्झन चाहन्छु । भूपालले दाइ म गाउँछु भन्यो ।  भाइ हो  !  हुन्छ भनेको थिएँ ।  अब  मनको गन्थन आज टुङ्ग्याउन  चाहन्छु । 

गीत सुन्नलाई आदरणीय मित्रहरूले युट्युब क्लिक गरेर सुन्न सक्नु हुनेछ ।  सबैमा लेख समर्पण गर्दै बिदा चाहन्छु ।  हौवा ,सेवा, नमस्ते ! धन्यवाद ।
समाप्त