ओलीको १९ र ३०१ केन्द्रीय सदस्यको सूची : 'पार्टी विभाजनका मतियार' रावल र भुसाल परेनन् पदाधिकारीमा

ओलीको १९ र ३०१ केन्द्रीय सदस्यको सूची : 'पार्टी विभाजनका मतियार' रावल र भुसाल परेनन् पदाधिकारीमा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १३, २०७८

चितवन ।  चितवनमा जारी नेकपा एमालेको १०औं महाधिवेशनको बन्दसत्रको दोस्रो दिन मध्यराति एमाले  अध्यक्ष केपी ओलीले १९ पदाधिकारी र  ३०१ केन्दीय सदस्यकाे सूचि पेस गरेका छन् । 

यसरी पेस गरिएकाे सूचीमा अध्यक्ष र उपाध्यक्षमा सार्वजनिक गरिएका डा. भीमा रावल र घनश्याम भूसाललाई पदाधिकारीमा राखिएकाे छैन । यसरी घोषित पदाधिकारीहरुमा  अध्यक्षमा केपी शर्मा ओलीसहित वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेल तथा उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा (बादल), विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङको नाम अनुमोदना लागि  प्रस्ताव गरिएको छ । 

यस्तै, महासचिवमा शंकर पोखरेल, उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वी सुब्बा गुरुङ र विष्णु रिमालको नाम प्रस्ताव गरिएकाे छ।  सचिवहरुमा टोपबहादुर रायमाझी, रघुवीर महासेठ, छविलाल विश्वकर्मा, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम हलमा प्रस्ताव गरिएकाे र त्यसलाई  अनुमोदन समेत भएकाे बताइएकाे छ । 

ओलीले घोषणा गरेको ३०१ केन्द्रीय सदस्य सूचि

खुला पुरूष : 
युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य,भीम रावल,ईश्वर पोखरेल, घनश्याम भूसाल, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण बिष्ट, भीम आचार्य, योगश भट्टराई, सुवास नेम्वाङ, रामबहादुर थापा, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, विष्णु रिमाल, किरण गुरुङ, छबिलाल विश्वकर्मा, रघुवीर महासेठ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, रघुजी पन्त, खगराज अधिकारी, भानुभक्त ढकाल, यमराज कँडेल, कर्ण थापा, काशिनाथ अधिकारी, गुरु बराल, देबराज घिमिरे,कृष्णगोपाल श्रेष्ठ, लालबाबु पण्डित, अग्नी खरेल, जीवन घिमिरे, रबिन कोइराला, राजेन्द्र गौतम, विनोद ढकाल, हिक्मत कार्की, अच्युत मैनाली, अरुण नेपाल, कपिल पोखरेल, कमल चौलागाइर्, गणेश पहाडी, गोकुल बास्कोटा, देवी ज्ञवाली, नारायण सिलवाल, मनोज थापा, महेस बस्नेत, माधव अर्याल राजन भट्राइ, रामेश्वर फुयाँल, सोमप्रसाद मिश्र, भीम कार्की, रामशरण बस्नेत, रबिन्द्र अधिकारी, खिमलाल भट्टराईगिरधारी न्यौपाने, चन्द्र खड्का, ठाकुर गैरे, ददिराम न्यौपाने लक्ष्मण ज्ञवाली, सूर्य थापा, गोरख बोगटी, राजबहादुर बुढा, गणेश ठगुन्ना, लक्ष्मी पोखरेल, झपट रावल, प्रकाश शाह, शेरधन राई, पर्शु मेघी गुरुङ, शेरबहादुर तामाङ यज्ञराज सुनुवार, पार्वत गुरुङ, देबेन्द्र दाहाल श्रीप्रसाद जबेगु, राम राना, किशोर मल्ल, खड्क खड्का, जेएन थपलिया, राजिब पहारी, दिवाकर देवकोटा, पुरुषोत्तम पौडेल, कृष्ण दाहाल, कृष्ण थापा, घनश्याम पाण्डे, कृष्ण पौडेल, बलराम अधिकारी, चेतनारायण आचार्य, घनश्याम पाण्डे, शिवराज सुबेदी कुमार दशौधी, रोमनाथ ओली सूर्य ढकाल ,नवराज रावत, दल रावल, किरण पौडेल गोबिन्द थापा नरबहादुर धामी, दयालबहादुर शाही, पठानसिंह बोहरा र सन्जिव मिश्र
खुला महिला :
विन्दा पाण्डे, शिवमाया तुम्बाहाङ्फे, पदमा अर्याल, सीता पौडेल, थममाया थापा, सुजिता शाक्य, निर्मला देवकोटा, ममता गिरी, सुशीला नेपाल मनकुमारी केसी, श्रीमाया थकाली, सीता सुन्दास, सीता गिरी वली, बिमला घिमिरे, गौरी वली, शान्ता चौधरी, निरु पाल, लिला भण्डारी, नबिना लामा, भगवती चौधरी, सुनिता बराल, लक्ष्मी गौतम, सुकुन्ता बस्नेत, गीता अधिकारी, अम्बिका थापा, बिनादेबी राई, मीना उप्रेती, तुलसा दाहाल, प्रतिक्षा तिवारी, भुटनीदेबी महतो, बिन्दा ढुंगाना, सरस्वती बस्नेत, प्रभा बराल, शर्मिला कार्की, जानुका सिंगखगा, बालिका गिरी, सरिता न्यौपाने, टुका हमाल, भारती पाठक, विद्या भट्टराई, सम्झना देवकोटा, मैना भण्डारी, सीता न्यौपाने, गोमा आचार्य, शोभा ज्ञवाली, कोमल वली, सृजना काफ्ले, दक्षिणा शाही, कमला बोहरा, इन्दु कडरिया, निरुदेबी दर्लामी, शान्ति ढकाल र दिपा शर्मा
खुला जनजाति :
अइन्द्र सुन्दर नेम्वाङ, खगेन्द्र राई, पासाङ शेर्पा, यज्ञराज सुनुवार डम्बरसिंह सम्बहाम्फे, टेकबहादु बलम्पाखी, कमलजंग राई, दावा लामा, लिलबहादुर थापा, गोकुल घर्ती मगर, दलबहादुर राना, हरि राजवंशी,जमिन्द्रबहादुर घले, सिपी घर्ति, विद्यासुन्दर शाक्य, केशव स्थापित र अजय क्रान्ति शाक्य
खुला जनजाति महिला :
उर्मिला थेवे, सूर्यकुमारी श्रेष्ठ, अमृता सुब्बा, सावित्रा राना, तारा राई, ईश्वरी जिएम, टासी स्याङ्बो गुरुङ्सेनी र जुनेली श्रेष्ठ
मधेसी खुला :
जगदिश कुसियत, रामलाल साह, कुन्दन कुशवाह, गंगा यादव, प्रमोदनारायण यादव, रामचन्द्र मण्डल, सरोज यादव, हरिनारायण महतो,प्रभु हजारा, पशुपती दयाल मिश्र, राजकुमार गुप्ता, मोदी दुगड र सुशील श्रीवास्तव
मधेसी  महिला खुला :
जुलीकुमारी महतो, ज्वालाकुमारी साह, सिला यादव, कमला महतो, सरिता गिरि र रिता साह
थारु खुला :
बैजनाथ, चौधरी, नरुलाल चौधरी, गौरीशंकर थारु, कृपाराम राना र बलवीर चौधरी
थारु खुला महिला :
गंगा चौधरी सत्गौवा, मन्जु चौधरी र सरस्वती चौधरी
मुस्लिम खुला :
तैयब हुसेन, महम्मद हारुन हलुवाइ, सिराज अहमद फारुकी र महम्मद समिर
मुस्लिम खुला महिला :
साजिदा सिद्धिकी
दलित खुला :
रामदयाल मण्डल, ईश्वरी रिजाल,गमबहादुर बिक, पुरनसिंह दयाल, गोबिन्द नेपाली, जितबहादुर दर्जी, जंगबहादुर नेपाली र रामप्रित राम
दलित महिला :
शिवकुमारी गोतामे, राम रती राम, विश्वमाया विश्वकर्मा  र सबिता रसाईली
पीछडिएको क्षेत्रखुला :
भैरवसुन्दर श्रेष्ठ, लालबहादुर थापा र मोहन बानियाँ
पीछडिएको क्षेत्र महिला :
बद्मीकुमारी बोहोरा
श्रमिक खुला :
विनोद श्रेष्ठ, रमेश बडाल, कमल गौतम र बाबुराम थापा
श्रमिकमहिला :
मञ्जु कुमारी थापा मगर र सीता लामा
उपत्यका विशेष खुला :
माधव ढुंगेल
उपत्यका विशेषमहिला :
विना श्रेष्ठ
सम्पर्क समन्वय :
नरेन्द्र श्रेष्ठ र कल्पना थापा
प्रदेश १ खुला :
तीलकुमार म्याङ्बो, टंक आङबुहाङ, विनोद ढकाल, किशोर अधिकारी, बसन्त नेम्वाङ र राजेन्द्र राई
प्रदेश १ महिला :
मेनुका काफ्ले, मञ्जु भण्डारी र उषाकला राई
प्रदेश २ खुला :
प्रभु साह, रामदयाल मण्डल, मोहम्मद समिर, लीलानाथ श्रेष्ठ, राजकुमार लेखी र प्रभु हजारा पासवान
प्रदेश २ महिला :
कल्पना कटुवाल, रेखा झा र ज्वाला साह
बाग्मती खुला :
कृष्णकुमार राई, कैलाश ढुंगेल, खेम लोहनी, रामेश्वर राना, आनन्द पोखरेल र सरेश नेपाल
बाग्मती महिला :
रचना खड्का, पेम्बा लामा र पार्वती रावल

गण्डकी खुला : 
मायानाथ अधिकारी, तिलक महत, जगत विश्वकर्मा, भूपेन्द्र थापा, इन्द्रलाल सापकोटा र टुकराज सिग्देल
गण्डकी महिला :
नरदेवी पुन, सीमा क्षेत्री र मिनाकुमारी गुरुङ
लुम्बिनी खुला :
लीला गिरी, खेममान खड्का, नविन रोका, दिनेश पन्थी, भूमिश्वर ढकाल र हरि रिजाल
लुम्बिनी महिला :
सरिता खनाल, साबित्रा अर्याल र मेनुका पोखरेल
कर्णाली खुला :
धर्मराज रेग्मी, निरज आचार्य, गुलावजंग शाह, विष्णु रिजाल, डम्बरबहादुर सिंह र नागेन्द्र शाही नेशनल
कर्णाली महिला :
तीर्था गौतम, मिना ढकाल र मोहनमाया ढकाल
सुदूरपश्चिमखुला :
राजेन्द्र रावल, भैरवबहादुर सिंह, झपड बोहोरा, नारादमुनी राना, लीलाधर भट्ट र अफिलाल
सुदूरपश्चिममहिला :
कमला वली, कमला बोहोरा र सन्तोष शर्मा

 ‍ औपचािरकताकाे लागि निर्वाचनको प्रक्रिया प्रारम्भ 

मध्यराति एमाले  अध्यक्ष केपी ओलीले ३०१ केन्दीय सदस्यकाे सूचि पेस निर्वाचनको प्रक्रिया सुरु भएको छ । सहमतिका लागि गरेका लामो कोशिस पछि मध्यरातमा निर्वाचनका लागि मतदाता नामावली प्रकाशित गरिएको छ भने मनोनयनको क्रम सुरु हुनै लाग्दा राति भएका कारण निर्वाचनका कार्यक्रममा बिहानसम्मका लागि रोकिएको छ । सहमतिबाटै नेतृत्व चयन गर्ने प्रस्ताव शनिबाररातिको बन्दसत्रले पारित गरेपछि रातिदेखि नै केन्द्रीय समिति चयनको गृहकार्य सुरु भएको थियो। सहमतिमा नै नेतृत्व चयनका लागि भन्दै शनिबारको बन्दसत्रले केन्द्रीय समितिले गरेको पदाधिकारी र केन्द्रीय समिति बढाउने प्रस्ताव पारित गरेको थियो । गत असोजमा भएको विधान अधिवेशनले एक वरिष्ठसहित ५ उपाध्यक्ष र एक उपमहासचिवको व्यवस्था गरेकोमा त्यसलाई थप गर्दै ७ उपाध्यक्ष र तीन उपमहासचिवको व्यवस्था गर्नेगरी विधान संशोधन गरिएको थियो । पदाधिकारी संख्या बढाएर भए पनि सहमति गर्न गरिएको प्रयास गरिएको थियो । तर ओलीले प्रस्तुत गरेको नाममा असहमति आएमा सोमबार निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको छ । 

पटक पटकको एकपक्षीय, द्विपक्षीय र बहुपक्षीय छलफलपछि आइतबार साँझ केन्द्रीय समितिको नामावली तयार पारेर बन्दसत्रको हलमा प्रस्ताव गरिएको हो । अध्यक्ष केपी शर्मा ओलीले बन्दसत्रमा नामावली प्रस्तुत गरेका छन् । सो नामावलीमा सहमति भएमा त्यसलाई निर्वाचित भएको घोषणा गरिनेछ भने सहमति हुन नसकेमा ती पदमा मतदान हुनेछ । 

लड्ने मुडमा रावल र भुसाल

एमालेभित्रको लामो विवादमा माधवकुमार नेपाललाई साथ दिएपनि पार्टी विभाजन गर्न नहुने भन्दै १० बुँदे सहमतिमार्फत एमालेमै बसेका नेता हुन्, भीम रावल र घनश्याम भुसाल । पार्टीको  महाधिवेशनका सन्दर्भमा रावलले पटक पटक अध्यक्ष केपी ओलीसँग छलफल गर्न चाहेपनि ओलीले रावलसँग छलफल गरेनन् । सोही कारण रिसाएका रावलले गत साता रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरेर अध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए । सोही अनुसार उनी अध्यक्षमा लड्ने तयारीमा जुटेका छन् । निर्वाचन कार्यतालिका आएसँगै उनले उम्मेदवारीका लागि मनोनयन पत्र भरिसकेका छन् । यद्यपि उनले अझै बुझाइसकेका भने  छैनन् ।

अघिल्लो कार्यकालको उपाध्यक्ष भएकाले उनको दाबी स्वाभाविक पनि थियो । तर अध्यक्ष ओली उनलाई वरिष्ठ उपाध्यक्ष बनाउने पक्षमा थिएनन् । त्यसैले उनले आफूले रोजेको पद नपाउने भएपछि अध्यक्षमै उठेर पराजित हुने मनसायमा थिए । यस्तै अर्का नेता घनश्याम भुसालको दाबी पनि उपाध्यक्षमा थियो । तर उनले उपाध्यक्ष पद पाएनन् । अघिल्लो महाधिवेशनमा उपमहासचिवमा पराति भएका शंकर पोखरेललाई महासचिव बनाउने भएपछि उपमहासचिबमा विजयी भएका भुसालले त्योभन्दा माथिल्लो पद खोज्नु नाजायज मान्न सकिदैन । तर सिंगो पार्टीको महाधिवेशन हुँदा समेत ओलीले रावल र भुसालसँग छलफल समेत गरेनन् । त्यही कारण पनि उनीहरु दुवैजना उम्मेदवार बन्नबाट रोकिने पक्षमा देखिएका छैनन्। 

नेम्वाङले पाएनन् वरिष्ठ, रावल र भुसाल परेनन् पदाधिकारीमा 

आइतबार साँझ तयार पारिएको केन्द्रीय कमिटीको अध्यक्षमा केपी ओली छन् । अध्यक्ष ओलीले नै शीर्ष नेताहरुसँगको छलफलमा महासचिव छान्न आफूलाई दिन आग्रह गर्दै शंकर पोखरेलको नाम प्रस्ताव गरेका छन् । महासचिवका अर्का प्रमुख दाबेदार विष्णु पौडेललाई ईश्वर पोखरेलपछिको वरीयताको उपाध्यक्ष बनाउँदै पोखरेललाई महासचिव प्रस्ताव गरेका हुन् । पोखरेल वरिष्ठ उपाध्यक्षमा युवराज ज्ञवाली, विष्णु पौडेल, सुवास नेम्वाङ, रामबहादुर थापा बादल, सुरेन्द्र पाण्डे, अष्टलक्ष्मी शाक्यलाई उपाध्यक्षमा प्रस्ताव गरिएको छ । यसअघि वरिष्ठ उपाध्यक्षमा नेम्वाङको समेत दाबी थियो । उपमहासचिवमा प्रदीप ज्ञवालीपृथ्वीसुब्बा गुरुङ  र  विष्णु रिमाललाई ल्याइएकाे छ ।

दिनभरको अन्योलपछि मध्यरातमा बन्दसत्र

शनिबार बन्दसत्र समापन गर्दै अध्यक्ष ओलीले आइतबार बिहान १० बजे नै बन्दसत्र सुरु हुने बताएका थिए । तर केन्द्रीय सदस्य चयन तथा क्लस्टर मिलाउने विषयमा छलफल लम्बियो । सोही कारण निर्धारित समयभन्दा करिब १३ घन्टापछि बन्दसत्र सुरु भयो । यो बन्दसत्रले सर्वसम्मतीमा नेतृत्व चयन गर्ने  औपचािरकता दिनकाे  लागि निर्वाचनको प्रक्रिया प्रारम्भ  हुनेछ । दिनभरी बन्दसत्र स्थगित हुँदा प्रतिनिधिहरु अन्योलमा परेका थिए । साँझ ओली बन्दसत्रमा प्रवेश गर्दा ओलीको पक्ष तथा भीम रावलको विरुद्धमा 'पार्टी विभाजनकाे मतियार होसियार ! भन्ने  नाराबाजी नै गरेका थिए ।