दुबईमा जीवन थापा ‘क्षितिज’ लाई अन्तर्राष्ट्रिय अवार्ड

दुबईमा जीवन थापा ‘क्षितिज’ लाई अन्तर्राष्ट्रिय अवार्ड

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर १३, २०७८

अभिनेता, स्क्रीप्ट राइटर एवम् निर्देशक जीवन थापा ‘क्षितिज’ ग्लोबल इन्टरनेश्नल अवार्डबाट सम्मानित भएका छन् । वल्डवाइड मिडिया नेटवर्क र इनास युनाइटेड अरब इमिरेट्सद्वारा संयुक्तरूपमा हालै दुबईमा आयोजित दोस्रो ग्लोबल इन्टरनेश्नल अवार्ड वितरण समारोहमा थापाले उक्त अवार्ड जितेका हुन् ।

उनले चलचित्र ‘अन्तिम पाना’को स्क्रिप्टबाट उत्कृष्ट स्क्रिप्ट लेखनका निम्ति अवार्ड प्राप्त गरेका हुन् । उनी चलचित्र ‘अन्तिम पाना’का निर्देशकसमेत हुन् । दुई घन्टा समयावधिको सो चलचित्र एकल पात्रद्वारा अभिनित संभवत विश्वकै पहिलो चलचित्र हुने विश्वास गरिएको छ ।

दुबईका राजपरिवार सचिव खलिफा साइत मुसेफाको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना भएको थियो । विभिन्न देशका नोमिनेट विधासँगै थापा उत्कृष्ट स्क्रीप्ट राइटर अवार्डद्वारा सम्मानित भएका थिए ।