अब पानी नै इन्धन

अब पानी नै इन्धन

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख २९, २०७६

डिजल, पेट्रोल, मट्टितेल र बिजुलीबाट सञ्चालित हुने इन्जिनबारे तपाईंलाई थाहा नै छ । तपाईं दैनिक जीवनमा यस्ता इन्जिनको प्रयोग पनि गर्नुहुन्छ होला । तर, अब यस दिशामा अभूतपूर्व खोज भएको छ, त्यो हो, पानीबाट सञ्चालित हुने इन्जिन । भारतका मेकानिकल इन्जिनियर कुमार स्वामीले पानीबाट चल्ने इन्जिन बनाएका छन् ।

चेन्नई । भारतको तमिलनाडु राज्यका एक मेकानिकल इन्जिनियरले पानीबाट चल्ने इन्जिन बनाएका छन् ।

कोयम्बटुर निवासी एस कुमार स्वामीले ‘डिस्टिल्ड वाटर’ अर्थात् पानीको ऊर्जाबाट चल्ने इन्जिन बनाएका हुन् ।

इन्जिनले पानीमा रहेको हाइड्रोजनलाई प्रयोग गर्छ र अक्सिजनलाई वातावरणमा उत्सर्जित गर्छ । त्यसकारण यो इन्जिन वातावरणमैत्री भएको उनको दाबी छ ।
कुमारस्वामीका अनुसार यो इन्जिन बनाउन दस वर्ष लागेको हो । यो इन्जिन जापानमा ‘लन्च’ गर्ने उनले बताएका छन् ।

यो इन्जिनको प्रयोग सफल भएमा विश्वकै कायापलट गर्न सकिने बताइएको छ ।

– एजेन्सीको सहयोगमा