एमाले केन्द्रीय कमिटीमा उपाध्यक्ष र महासचिवसहित दाङका ९ जना

एमाले केन्द्रीय कमिटीमा उपाध्यक्ष र महासचिवसहित दाङका ९ जना

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १३, २०७८

नेकपा एमालेको दशौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा दाङबाट उपाध्यक्ष, महासचिवसहित ९ जना परेका छन् । 

बन्दसत्रमा केपी ओलीले पदाधिकारीको टिम सार्वजनिक गरेसँगै केन्द्रीय सदस्य सार्वजनिक भएका हुन् ।

जसमा दाङबाट एमालेको केन्द्रीय कमिटीमा उपाध्यक्ष, महासचिव र केन्द्रीय सदस्यमा नौ जना परेका छन् ।

सर्वसहमतिका लागि पेस गरिएको केन्द्रीय कमिटीको सूचीमा पार्टीको उपाध्यक्षमा युवराज ज्ञवाली, महासचिवमा शंकर पोख्रेल र केन्द्रीय सदस्यमा नरुलाल चौधरी, सुजिता शाक्य, मेनका पोख्रेल, शान्ता चौधरी, घनश्याम पाण्डे, कोमल वली, गंगा चौधरी, सीता सिग्देल न्यौपाने र साजिदा सिद्धिकीको नाम परेको छ । यद्यपि महाधिवेशनले औपचारिक रूपमा अनुमोदन गरी घोषणा गर्न बाँकी छ ।