एमाले महाधिवेशन : लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट मागे बिदा

एमाले महाधिवेशन : लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट मागे बिदा

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १३, २०७८

एमालेका पूर्वउपाध्यक्ष लालबाबु पण्डितले कार्यकारी भूमिकाबाट बिदा मागेका छन् । एमालेको १०औं महाधिवेशनमा निवर्तमान अध्यक्ष केपी ओलीले प्रस्तावित गरेको सूचीमा पण्डित पदाधिकारीको सूचीमा समेटिएनन् । उनी खुला केन्द्रीय सदस्यमा प्रस्तावित छन् ।

आइतबारसम्म पनि पण्डितले आफूले उपाध्यक्षमा दाबी नछाड्ने बताउँदै आएका थिए । यद्यपि सर्वसम्मत नेतृत्व चयन भएमा आफूले कुनै पनि पद नछाड्ने उनको भनाइ थियो ।

ओलीले जारी गरेको सूचीमा पदाधिकारीमा नपरेपछि पण्डितले सोमबार बिहान सामाजिक सञ्जालमार्फत कार्यकारी भूमिकाबाट बिदा मागेका हुन् ।

नवौं महाधिवेशनमा उनी उपाध्यक्षमा पराजित भएका थिए। त्यसबेला उनी माधवकुमार नेपाल समूहबाट उम्मेदवार भए पनि नेकपाको विवादका बेला उनले माधव नेपाललाई छाडेर ओलीलाई साथ दिएका थिए ।