दलीय राजनीतिमा गिजोलिँदै खेलकुद : हस्तक्षेपकै कारण नेपालको प्रतिनिधित्व सहभागितामा सीमित

दलीय राजनीतिमा गिजोलिँदै खेलकुद : हस्तक्षेपकै कारण नेपालको प्रतिनिधित्व सहभागितामा सीमित

पी. भारद्वाज  |  खेलकुद  |  मंसिर १३, २०७८

विश्व खेलकुदमा नेपालको स्थान धेरै पछि छ। यहाँ खेलकुद संस्थाहरू राजनीतिक अखडाका केन्द्र बन्दै छन्। खेलाडी पलायन हुन बाध्य छन्। केही गर्ने उत्साह साथ मैदानमा आउने खेलाडी निराश छन्। अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपाधिको भोक कसैमा छैन। संरचनागत रुपमा मन्त्रालय देखि खेलकुद परिषद् र विभिन्न सङ्घहरू छन्। खासमा यिनीहरुले नै हो योजना बनाउने तर नेपालको अवस्था त्यस्तो छैन। निरन्तर राजनीतिक अखडा बनाइन्छ।

विश्वमा खेलकुद यस्तो विधा मानिन्छ जहाँ हरेक नागरिकले अपनत्व महसुस गर्छन् । खेलमा धर्म, राजनीति, हिंसा हुँदैन । सबैलाई एकीकृत गर्ने तागत हुन्छ। देश जलेको बेला मलम लगाउने माध्यम खेल हो। तर खेललाई खेल भावनामा पुर्‍याउने नेतृत्व नभएमा भने सधैँ खेलाडी र देश पछि पर्छ।

खेलकुद राजनीतिबाट टाढा रहनु पर्छ। अझ खेल पदाधिकारी त खेल संस्थाका नियामक निकायमा बस्ने उच्च पद हो। उनीहरू कै हुन्छ दायित्व अनुशासन र खेल भावनामा खेलाडीलाई हिँडाउने । उनीहरूलाई नै जिम्मेवारी हुन्छ। अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र फिफाका नियम कार्यान्वयन गर्ने दायित्व। तर यिनै खेल पदाधिकारीले सीमित स्वार्थ राख्दा खेलकुद डामाडोल हुने गरेको छ।

यसको पछिल्लो उदाहरण हो नेपाल क्रिकेट संघ (क्यान) । लामो समयको प्रतिबन्धपछि नयाँ रुपमा आएको नेपाल क्रिकेट संघले कम्तीमा अब चेत्यो भने लागेको थियो। लामो समयको प्रतिबन्ध पछि निलम्बन फुकुवा भएको क्यानमा चतुर बहादुर चन्दको नेतृत्व आएसँगै क्रिकेट विकासमा सुधारको अपेक्षा थियो। तर नयाँ कार्यसमिति चयन भए पनि लामो समय सम्म ठोस योजना क्यानले ल्याउन सकेन।

खेल संघहरु सँग न ठोस योजना छ न कुनै वार्षिक कार्य तालिका उनीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताका दौरान विदेश जाने सेड्युल तयार गर्न बस्ने मात्र हो। खेलाडीले पनि निरीह नेतृत्वको पछि लाग्नुको विकल्प छैन। उनीहरूले न अभ्यास गतिलो पाउँछन्। न कुनै खास तयारी हुन्छ। अनि सहभागितामा सीमित हुन्छ नेपालको प्रतिनिधित्व ।

क्यान पदाधिकारी दुई वर्षे यो अवधिमा नै तितरबितर भइसकेका छन्। राम्रो मत ल्याएर निर्वाचित भएका पदाधिकारी मध्ये कहिले राजीनामा बुझाएर साइड लागे भने केही चन्दको सेवामा समर्पित छन्। चन्दको कार्यकालमा न एउटा प्रशिक्षक टिके न खेलाडी मानै सन्तुष्टि छायो।  क्रिकेटमा मनपरी श्रेणी तोकेपछि केही खेलाडीले विरोध गरे। उल्टो उनीहरूलाई स्पष्टीकरण सोधियो र हतोत्साहित गरियो।

तर यी सबै मनोमानीका बिचमा अध्यक्ष चन्द भने काँग्रेस राजनीतिमा निरन्तर लाभ लिइरहेका छन्। उनले क्यानलाई समाल्नु भन्दा काँग्रेस राजनीतिबाट क्यानमा टिक्ने रणनीति कायम राखे। जस अनुसार चन्द पार्टी राजनीतिमा यसरी सक्रिय छन् की अधिका‌ंश समय काठमाडौं मानै रहेर पनि उनले बैतडी जिल्लाको काँग्रेस सभापतिमा अत्यधिक मत ल्याएर जित हासिल गरे।

त्यसो त चन्द भोटका मानेमा भाग्यमानी छन् । उनले क्यान निर्वाचनमा पनि विनयराज पाण्डेलाई पनि एकपछि अर्को हराएका थिए। तर नेपालमा निर्वाचित हुनलाई राम्रो काम गर्नु पर्दैन जसले सक्दो बिगार्‍यो त्यो अझ सर्वसम्मत हुने लाइनमा जान्छ। किनकि यो देशमा सबै अहिले चेतना विहीन कार्यकर्ता छन्। जसको चेतमा केवल दासत्व मात्रै छ। नेपाली क्रिकेट पनि सोही प्रवृत्तिको सिकार भएको छ।

जितपछि अब चन्दसामु एउटा प्रश्न उठेको छ बैतडीमा कांग्रेसको संगठन बलियो बनाउनेकी काठमाडौँमा बसेर नेपाली क्रिकेटरु दुई विशुद्ध फरक बिदा कसरी सँगै एकैसाथ अघि बढ्छ ? तर उनले यसको जवाफ दिने छैनन्। किनकी नेपाली क्रिकेट सधैँ निरिह नै रहोस् भन्ने चाहन्छन्। बिस्तारै उनी स्थानीय चुनाव र संघीय चुनावका मोर्चामा खटिने छन्। अनि अर्को पटक पुन क्यानको नेतृत्वमा दोहोरिने दाउ उनमा हुने छ। त्यसैले क्रिकेटको दुर्दशा चन्द जस्ता अध्यक्ष पनि हुन।

त्यसो त दलीय प्रभाव क्रिकेटमा मात्रै छैन् । नेपाली खेलकुद पदाधिकारीहरू पार्टी राजनीतिको विरासत देखाएर खेलकुद चलाउने परम्पराबाट ग्रसित छन्। शीर्ष नेताको नजिक भएमा खेलकुदमा सधैँ आफ्नो दबदबा रहने गरेको अनुभव उनीहरूसँग छ। त्यसैले त पार्टी राजनीतिमा विश्वमा प्रतिष्ठित मानिने फुटबल देखी क्रिकेट सम्मका संघका अध्यक्षहरू आफै मैदानमा उत्रिए।

क्रिकेटका अध्यक्ष चन्दले आफ्नो राजनीतिक रुपमा बलियो भएको सन्देश दिए। तर अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष भने मैदानमा उत्रिए पनि पराजित भए। शेर्पा काठमाडौँ क्षेत्र नं ४ बाट काँग्रेस महाधिवेशन प्रतिनिधिमा पराजित भए। राजनीतिक विरासतमा यो हार र जितको अर्थ होला तर नेपाली खेलकुदमा भने पार्टी राजनीति सधैँ अभिसाप बन्दै आएको छ। जसले सधैँ खेलकुदमा अस्थिरता र अराजकताकै पक्षपोषण गरेको छ।

त्यसो त राष्ट्रिय खेलकुद परिषद्का पूर्व कोषाध्यक्ष मीनकृष्ण महर्जन ललितपुरबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भए। कांग्रेसको १४ औँ  केन्द्रीय महाधिवेशनका लागि अहिले गाउँ देखि केन्द्र स्तरसम्म विभिन्न कमिटीसँगै प्रतिनिधि चयनको काम भइरहेको छ।

एन्फा कै वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ झापाबाट र एन्फाका महासचिव इन्द्रमान तुलाधर काठमाडौँ क्षेत्र नं ९ बाट कांग्रेसको महाधिवेशन प्रतिनिधि चुनिन सफल भए। पंकज र तुलाधर दुबै आगामी एन्फा निर्वाचनमा अध्यक्षको प्रत्याशीको रुपमा हेरिएको छ त्यसैले उनीहरू आफ्नो पार्टी राजनीतिमा अब्बल रहेको सन्देश दिन चाहन्छन्।

झापा क्षेत्र नं १ बाट निर्वाचित नेम्बाङ ३ सय ६४ मत प्राप्त गर्दै प्रतिनिधि चुनिँदा उनी लोकप्रिय भोट ल्याउने मध्येमा परे। त्यस्तै एन्फा तथा नेपाल ओलम्पिक कमिटी (नओसी) का सदस्य दीर्घ बहादुर केसी (कुमार) ले रुपन्देही ३ बाट महाधिवेशन प्रतिनिधिमा आफूलाई विजयी गराउन सफल भए। त्यस्तै सुनसरीबाट एन्फा केन्द्रीय सदस्य दीपक राई निर्विरोध महाधिवेशन प्रतिनिधि चुनिए। त्यस्तै धेरै टिकट लिएका खेलकुद पदाधिकारीहरू पराजित भए।

त्यस्तै अर्को  प्रमुख दल नेकपा एमालेको १० देखी १२ मंसिरमा हुने महाधिवेशनका लागि नेपाल खेलकुद महासंघले पूर्व युवा तथा खेलकुद मन्त्री पुरुषोत्तम पौडेल,  महासंघका अध्यक्ष रमेश पौडेल,  महासचिव मेघराज पौडेल,  शान्तामाया परियार र सन्जु महर्जनलाई सर्वसम्मत प्रतिनिधाका रुपमा चयन गर्‍यो। उनीहरू सबैको लक्ष्य पार्टी राजनीतिको रवाफ खेलकुदमा देखाउँदै विदेश सयर गर्ने हो। त्यसो त ओलम्पिक कमिटी देखी राखे र मन्त्रालयसम्म राजनीतिक हस्तक्षेपले खेलकुद जीर्ण छ। साथमा खेल सङ्घहरू राजनीतिक दलका भर्ती केन्द्र जस्तै बनेका छन्। कार्यकर्तालाई जागिर दिने ठाउँका रुपमा विकास भएका छन्।

खेल संघहरु सँग न ठोस योजना छ न कुनै वार्षिक कार्य तालिका उनीहरू अन्तर्राष्ट्रिय प्रतियोगिताका दौरान विदेश जाने सेड्युल तयार गर्न बस्ने मात्र हो। खेलाडीले पनि निरीह नेतृत्वको पछि लाग्नुको विकल्प छैन। उनीहरूले न अभ्यास गतिलो पाउँछन्। न कुनै खास तयारी हुन्छ। अनि सहभागितामा सीमित हुन्छ नेपालको प्रतिनिधित्व ।

तर अब की राजनीति कि खेलकुद भन्ने समय आएको छ। किनकि एउटै व्यक्तिले सबै क्षेत्रमा उही ऊर्जा र जाँगरका साथ काम गर्न सक्दैन त्यसैले दलहरू भित्र हुने संस्थागत राजनीति नेपालको विकासका हरेक क्षेत्रमा दूर दशा कारण बनेको छ।