बाबुराम पोखरेल : ‘गोलढुङ्गो’  मुक्तक सङ्ग्रह  सार्वजनिक

बाबुराम पोखरेल : ‘गोलढुङ्गो’  मुक्तक सङ्ग्रह  सार्वजनिक

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर १४, २०७८

मोरङ । साहित्यकार बाबुराम पोखरेलको मुक्तक सङ्ग्रह ‘गोलढुङ्गो’ हालै विराटनगरको एक कार्यक्रममा सार्वजनिक भएको छ । उक्त कार्यक्रममा साहित्यकारहरू डा. रूपक श्रेष्ठ, दधिराज सुवेदी, विवश पोखरेल, बलराम पोखरेल, रामकाजी कोनेलगायतको उपस्थिति थियो ।  

कृतिभित्र जम्मा दुई सय एक वटा मुक्तकहरू सङ्गृहीत छन् । मानव मनका संवेदनाहरूलाई बोधगम्य तरिकाले प्रस्तुत गरिएको यस कृतिमा विषयवस्तुको विविधता रहेको छ ।

वर्तमान नेपाली समाजको प्रतिविम्ब झल्कने यो कृति युगबोधका हिसाबले पनि महत्त्वपूर्ण छ । यस कृतिमा सङ्गृहीत सबै मुक्तकहरू चतुष्पदीय र अनुप्रासयुक्त रहेको कार्यक्रमका टिप्पणीकारहरूले बताए । 

मुक्तककार पोखरेलको यो भन्दा पहिले ‘शब्द चित्र’ नामक मुक्तक सङ्ग्रह प्रकाशित छ । उनी नेपाल सरकारको शिक्षा सेवाका उपसचिव हुन् ।