सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

सुन-चाँदीको मूल्यमा सामान्य गिरावट

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १४, २०७८

सुन-चाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला १०० रुपैयाँले घटेर ९१ हजार ९०० रुपैयाँ कायम भएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुन-चाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ तोकिएको छ । यसको मूल्य सोमबार प्रतितोला ९१ हजार ५०० रुपैयाँ थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २०५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९० डलर आसपास कारोबार भइरहेको छ ।