राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

राखेपका नवनियुक्त सदस्य सचिव घिसिङले लिए शपथ

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १४, २०७८

राष्ट्रिय खेलकुद परिषद् (राखेप) नवनियुक्त सदस्य सचिव टंकलाल घिसिङले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार युवा तथा खेलकुद मन्त्रालयमा मन्त्री महेश्वरजंग गहतराजले घिसिङलाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।

घिसिङलाई सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सदस्य सचिवमा नियुक्त गरेको थियो । शपथ ग्रहणपछि सदस्य सचिव घिसिङले संविधान र खेलकुद विकास ऐन, २०७८ अनुरूप काम गर्ने बताए ।

उनले आजै पदभार ग्रहण गर्नेछन् ।