एमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८०८ मत, रावलले पाए २१३ मत

एमाले अध्यक्षमा भारी मतले ओली विजयी : ओलीको पक्षमा १८०८ मत, रावलले पाए २१३ मत

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १४, २०७८

नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली विजयी भएका छन् । चितवनमा भएको १०औँ महाधिवेशनले ओलीलाई फेरि अध्यक्षको जिम्मेवारी दिएको हो । 

नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा भीम रावललाई एक हजार ५९५ मतले उछिन्दै ओली अध्यक्षमा निर्वाचित भएका हुन् । कुल खसेको २ हजार ९६ मध्ये ओलीको पक्षमा एक हजार ८०८ मत खस्दा रावलले २१३ मत पाए । साथै, नाे भाेटमा ७५ मत खसेकाे छ ।

यसअघि २०७१ सालमा काठमाडौंमा भएको नवौँ महाधिवेशनले पनि ओलीलाई अध्यक्षमा निर्वाचित गरेको थियो । 

यस पटक विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै परिणाम आएको हो । मंगलबार बिहान ४ बजेदेखि मतदान प्रक्रिया सुरु भएको थियो ।