उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्यलाई सर्वाधिक मत, घनश्याम भुसाल पराजित

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १४, २०७८

नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक मत ल्याएर अष्टलक्ष्मी शाक्य निर्वाचित भएकी छन् । 

चितवनमा भएको १०औँ महाधिवेशनमा भएको मतदानमा शाक्यले एक हजार ९७६ सर्वाधिक मत ल्याएर निर्वाचित भएकी हुन् । 

उपाध्यक्षमा रामबहादुर थापा 'बादल', सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, युवराज ज्ञवाली निर्वाचित भएका छन् । पाण्डेले एक हजार ९२५, नेम्वाङले एक हजार ८६५, पाैडेलले एक हजार ८५६, ज्ञवालीले एक हजार ८४२ र बादलले एक हजार ७६८ मत ल्याएका छन् । 

तर, एमाले उपमहासचिव घनश्याम भुसाल भने उपाध्यक्षमा पराजित भएका छन् । उनले ७२५ मत पाएका छन् । 

एमाले अध्यक्ष केपी ओलीले भुसालबाहेक ६ जनालाई उपाध्यक्षमा प्रस्ताव गरेका थिए । उपाध्यक्षमा नसमेटिएका भुसालले उम्मेदवारी दर्ता गराएका थिए ।