एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

एमाले सचिवमा ओलीले प्रस्ताव गरेका पाँचै नेता विजयी, कार्की र आचार्य पराजित

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १४, २०७८

नेकपा एमालेको १०औँ महाधिवेशनबाट ५ जना सचिव विजयी भएका छन् । चितवनमा भएको महाधिवेशनको मत गणनाको अन्तिम नतिजाअनुसार सचिवका उम्मेदवार टोपबहादुर रायमाझी, योगेश भट्टराई, पद्मा अर्याल, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट र गोकर्ण विष्ट विजयी भएका हुन् । 

विजयी हुने विष्टले एक हजार ९७६, भट्टराईले एक हजार ९६४, अर्यालले एक हजार ८००, विश्वकर्माले एक हजार ८००, भट्टले‍‍ एक हजार ७०४, रायमाझीले एक हजार ७०० र महासेठले एक हजार ५१३ मत ल्याए । 

सचिवका प्रत्यासीद्वय भीम आचार्य र टंक कार्की भने पराजित भएका छन् । आचार्यले एक हजार ३०० मत र कार्कीले ५०० मत ल्याए ।