नेप्से ५.२८ अंकले बढ्यो

नेप्से ५.२८ अंकले बढ्यो

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १५, २०७८

साताको चौथो कारोबार दिन बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सामान्य अंकको सुधार देखिएको छ । नेप्से ५.२८ अंकले बढेर २ हजार ६३३.६६ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज कारोबार रकम भने बढ्न सकेको छैन । कारोबारमा आएका २२३ वटा कम्पनीले ३७ हजार ५८५ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ७४ करोड २० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । कारोबारको आधारमा आज सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनीको शेयर कारोबार भएको छ । यस बैंकले आज १४ करोड ३१ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।    

आज कारोबारमा अएका उपसूचकमध्ये होटल तथा पर्यटन, निर्जीवन बीमा, माइक्रोफाइनान्स र जीवन बीमा समूहका सूचक राताे देखिएका छन् भने बाँकी सबै समूहका सूचीमा हरियाली छाएको छ । 

नेप्सेका अनुसार आज ३ वटा कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेर प्रतिकित्ता ४६१.४० रुपैयाँ पुगेको छ भने कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्य पनि ९.३९ प्रतिशतले बढेर प्रतिकित्ता ९८० रुपैयाँ पुगेको छ । न्यादी हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३७५.६० रुपैयाँ पुगेको छ । आईसीएफसी फाइनान्स कम्पनीका लगानीकर्ताले धेरै नोक्सान बेहोरेका छन् । यस कम्पनीको शेयर मूल्य करिब ५ प्रतिशतभन्दा बढीले घटेको छ ।