'पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ'

'पार्टीलाई विधि, पद्धतिमा हिँडाउन अन्तिमसम्म प्रयास गरेँ'

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १५, २०७८

नेकपा एमालेका नेता डा. भीमबहादुर रावलले पार्टीलाई विधि र पद्धतिमा हिँडाउन आफूले प्रयास गरेको बताएका छन् ।

दशौँ महाधिवेशनमा अध्यक्ष पदमा केपी शर्मा ओलीसँगको प्रतिस्पर्धामा पराजित रावलले सामाजिक संजाल ट्विटरमार्फत एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हितअनुकूलको बाटोमा हिँडाउन मैले अन्तिमसम्म प्रयास गरेको बताए ।

त्यसका लागि महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको उनले प्रष्ट पारेका छन् ।

रावलले आफूलाई साथ, समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई धन्यवाद दिएका छन् ।