'राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ'

'राप्रपा र एमालेलाई एजेण्डाले एक ठाउँमा ल्याउन सक्छ'
फाइल फोटो

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १५, २०७८

नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राप्रपा र एमालेलाई एजेण्डाले एकै स्थानमा ल्याउन सक्ने बताएका छन् । 

काठमाडौंमा बुधबारदेखि सुरु भएको राप्रपाको महाधिवेशनलाई सम्बोधन गर्दै उनले राप्रपा र एमालेको सम्बन्धलाई अझै बलियो बनाउनुपर्ने भन्दै एजेण्डा मिल्ने भएकाले एकै स्थानमा ल्याउन सक्ने बताए । 

सातातिना कुरामा विभाजित हुन नहुने भन्दै उनले सिद्धान्तको ठेलीले जनताको जीवन परिवर्तन गर्न नसक्ने बताए । 

विगत बिर्सिएर देश र जनताको अवस्था परिवर्तन गर्न राप्रपा र एमाले मिलेर अघि बढ्नुपर्नेमा जोड दिएका उनले देश र जनताको पक्षमा काम गर्ने गरी अघि बढ्ने प्रतिबद्धता जनाए । 

देशमा अस्थिरता ल्याउनेलाई चिन्नुपर्ने भन्दै उनले एजेण्डा, विचारमा एकता ल्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।