राप्रपा महाधिवेशन : अध्यक्षबाहेककाे निर्वाचन भोटिङ मेसिनबाट

राप्रपा महाधिवेशन : अध्यक्षबाहेककाे निर्वाचन भोटिङ मेसिनबाट

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १६, २०७८

काठमाडौंमा जारी राप्रपा महाधिवेशनमा नेतृत्व चयनका लागि मतपत्र र भोटिङ मेसिन प्रयोग गरिने भएको छ । 

बुधबारदेखि सुरु भएको महाधिवेशनको बन्द सत्र चलिरहेको छ । नेतृत्व चयनका लागि दुवै मतपत्र र मेसिन प्रयोग गरिन लागेका राप्रपाका युवा नेता तथा अधिवक्ता सुजित केसीले जानकारी दिए । 

उनका अनुसार अध्यक्ष पदमा मतपत्र र बाँकी पदको निर्वाचनमा मेसिन प्रयोग गरिन लागेको हो । 

अध्यक्ष पदमा कमल थापा र राजेन्द्र लिङ्देनको औपचारिक उम्मेदवारी घोषणा भएको छ । 

महाधिवेशन सुरु भएको दोस्रो दिन भइसक्दा पनि प्रतिनिधिको टुंगो लागिसकेको छैन ।

शीर्ष नेता र निर्वाचन समितिका प्रतिनिधि बसेर महाधिवेशन प्रतिनिधिको नामावली टुंगो लगाउने प्रयास भइरहेको नेता केसीले जानकारी दिए ।