सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १६, २०७८

साताको पाँचौँ कारोबार दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेकाे छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँ कायम भएकामा बिहीबार स्थिर रहेर सोही मूल्य नै काराेबार भइरहेकाे छ । 

बिहीबार छापावाल सुन प्रति १० ग्राम ७८ हजार ४४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार १५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ । 

बिहीबार चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । बिहीबार चाँदीको मूल्य प्रतितोला एक हजार १९० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ काय भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार २० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।