शेयर बजार राताम्मे, २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

शेयर बजार राताम्मे, २ कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १६, २०७८

साताको अन्तिम कारोवार दिन बिहीबार नेपाल स्टक एक्स्चेन्ज (नेप्से) ४९.४ अंकले घटेर राताम्मे भएको छ । आज नेप्से १.८६ प्रतिशतले घटेर २ हजार ५८४.६१ विन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

आज २३१ वटा कम्पनीको ४७ हजार ८४६ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल ३ अर्ब ४१ करोड ३५ लाख रुपैयाँ बराबरको ७९ लाख कित्ता शेयर कारोबार भएको छ । आज सबैभन्दा बढी कारोबार महालक्ष्मी विकास बैंकको भएको छ । यस बैंकले आज १२ करोड ४३ लाख रुपैयाँभन्दा बढीको कारोबार गरेको छ ।

कारोबारमा आएका उपसूचकहरूमा विकास बैंक, फाइनान्स तथा अन्य समूहमा ३ प्रतिशतभन्दा धेरैको गिरावट आएको छ भने बाँकी सबै सूचकमा एकदेखि २ प्रतिशतभन्दा बढीको गिरावट आएको छ ।

नेप्सेका अनुसार आज २ वटा कम्पनीको शेयर मूल्यमा उच्च वृद्धि भएको छ । सामलिङ पावर कम्पनीको शेयर मूल्य सर्किट लेभलमा बढेर प्रतिकित्ता ५०७ रुपैयाँ ५० पैसा पुगेको छ भने न्यादी हाइड्रोपावरको शेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ४१३ रुपैयाँ १० पैसा पुगेको छ । 

यस्तै, आज सबैभन्दा धेरै नोक्सान बेहोर्नेमा कर्पोरेट डेभलप्मेन्ट बैंकका लगानीकर्ता रहेका छन् । यस बैंकको शेयर मूल्य करिब ६ प्रतिशतभन्दा बढीले घटेको छ ।