ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

ट्विटरले बन्द गर्‍यो चीन र रसियासहित ६ देशका ३५ सय एकाउन्ट

एजेन्सी  |  विदेश  |  मंसिर १७, २०७८

ट्विटरले चीन र रुससहित ६ वटा देशका विभिन्न संघ संस्थाकाे एकाउन्ट हटाएकाे छ । सरकारकाे अनावश्यक प्रचार गरेकाे भन्दै ट्विटरले ती देशहरूकाे एकाउन्ट हटाएकाे हाे । 'चीनकाे अल्पसंख्यक मुस्लिम समुदाय उहिगुरलाई हाेच्याउनेलगातयका ३ हजार ५०० वटा ट्विट एकाउन्ट बन्द गरिएकाे छ', ट्विटरले एक प्रेस विज्ञप्तिमा भनेकाे छ । 

चीनमाथि गंभीर मानवअधिकार उल्लंघन गरेकाे सिनजियाङ प्रान्तका उहिगुर मुसलमानकाे नरसंहार गरेकाे अ‌ाराेप लाग्दै अ‌ाएकाे छ । विज्ञहरूका अनुसार १० लाखभन्दा बढी उहिगुरलाई विभिन्न शिविरमा राखिएकाे छ । उहिगुरमाथि गर्ने व्यवहारका कारण चीनमाथि अन्तर्राष्ट्रिय समुदायले अ‌ालाेचना गर्दै अ‌ाएकाे छ ।

चीनमा फेसबुक र ट्विवटरमाथि प्रतिबन्ध छ । तर, अन्तर्राष्ट्रिय मञ्चमा अ‌ाफ्ना विचार व्यक्त गर्न बेइजिङले यी दुवै सामाजिक संजाल प्रयाेग गर्दै अ‍ाएकाे छ । 

बेइजिङ समर्थित २ हजार ४८ वटा एकाउन्टबाहेक ट्विटरले सिन्जियाङकाे क्षेत्रीय सरकारसँग जाेडिएकाे च्याङ्गु कल्चर कम्पनीका ११२ वटा एकाउन्ट बन्द गरिदिएकाे छ । 

चीनबाहेक ट्विटरले रसियाली कम्पनी इन्टरनेट रिसर्च एजेन्सीका १६ वटा एकाउन्ट बन्द गरिदिएकाे छ । 

त्यसैगरी मेक्सिकाेका २७६ र भेनेजुएलाका २७७ वटा एकाउन्ट बन्द गरिएकाे जनाइएकाे छ । त्यस्तै, नागिरक अधिकार समूह फिचुअ तान्जेनियालाई निशाना बनाएकाे भन्दै अफ्रिकाका २६८ वटा एकाउन्ट बन्द गरिएकाे छ । अर्काेतर्फ राष्ट्रपति याेवेरी मुसिभेनीकाे प्रचार गरेकाे भन्दै युगान्डामा ४१८ वटा ट्विटर एकाउन्ट बन्द गरिएका छन् ।