कक्षा १२ को नतिजा प्रकाशन

कक्षा १२ को नतिजा प्रकाशन

लोकसंवाद संवाददाता  |  शिक्षा  |  मंसिर १७, २०७८

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार कक्षा १२ को नतिजा प्रकाशन गरेको छ । शुक्रबार बिहान बसेको बोर्ड बैठकको निर्णयअनुसार नतिजा प्रकाशन गरिएको हो ।

सार्वजनिक नतिजाअनुसार ७ हजार ३६ परीक्षार्थीले ‘ए प्लस’, ४८ हजार २३९ परीक्षार्थीले ‘ए’,  ७० हजार एक जना परीक्षार्थीले ‘बी प्लस’, ९९ हजार ५३७ परीक्षार्थीले ‘बी’, ७५ हजार ८८ परीक्षार्थीले ‘सी प्लस’, २४ हजार ५१५ परीक्षार्थीले ‘सी’, ३ हजार ८७५ परीक्षार्थीले ‘डी प्लस’, २९६ परीक्षार्थीले ‘डी’ र १० हजार ७३ जनाले ‘ई’ ग्रेड ल्याएका छन् । 

गत ३० भदौदेखि ८ असोजसम्म संचालन भएको कक्षा १२ को वार्षिक परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।

यसैबीच कोरोना भाइरस संक्रमणका कारण परीक्षा दिन छुटेका ४१ जना परीक्षार्थीहरूले गत बुधबारदेखि परीक्षा दिइरहेका बोर्डले जनाएको छ । उनीहरूको परीक्षा सकिएको १० दिनभित्र नतिजा प्रकाशन गरिनेछ ।