नेपालमा मार्कसवादको प्रयोग : राजाको  बैधानिक  अधिनायकत्वलाई  अंगिकार !

नेपालमा मार्कसवादको प्रयोग : राजाको  बैधानिक  अधिनायकत्वलाई  अंगिकार !

हस्तबहादुर के.सी.  |  दृष्टिकोण  |  मंसिर १९, २०७८

नेपाल  मार्क्सवादको  अत्यन्तै  उर्वर  भूमि  हो  ।  वि.सं. २००५  सालमा  पुष्पलालले  कार्ल  माक्र्स  र  फ्रेडरिक  एंगेल्सद्वारा लिखित   तथा   सन्   १८४८   फेवअ्ररी   १२   मा   लण्डनबाट  जारी   गरिएको विश्वविख्यात कम्युनिष्ट घोषणापत्र नेपालीमा अनुवाद गरेर नेपालमा पहिलोपटक मार्क्सवाद भित्र्याए   पश्चात   यसको   व्यापक   प्रचार भएको हो । 
वि.सं.  २००६  साल  वैशाख  १०  गते  (सन्  १९४९  अप्रिल २२  तारिख)का  दिन  पुष्पलालकै  पहलकदमी  र  नेतृत्वमा  भारतको  कोलकत्तामा  नेपाल कम्युनिष्ट  पार्टीको  स्थापना  गरिएको  थियो  । २००६  साल  वैशाख  १२  गते  अर्थात  नेकपाको  स्थापना  भएको  ठिक दुई  दिन  पछि  नेपाल  कम्युनिष्ट  पार्टीको  पहिलो  पर्चा  प्रकाशित गरिएको थियो  । त्यतिबेलै    तत्कालीन नवगठित    नेकपाका    महामन्त्री    पुष्पलाले तत्कालिन  नेपाली  समाजको  वर्ग  विश्लेषण  गरेका  थिए  र  नेपाल  एक  अर्धसामन्ती  र  अर्ध उपनिवेशिक  मुलुक  रहेको  विश्लेषण  गरेर  यस  देशमा  गरिने  क्रान्ति  नयाँ  जनवादी  क्रान्ति  हुने  ठोस  गरिएको  थियो ।

नवगठित    नेपाल    कम्यनिष्ट    पार्टीले     माक्र्सवाद–लेनिनवाद –माओ त्सेतुङ  विचारधारालाई  पार्टीको  पथप्रदर्शक  सिद्धान्त,  मार्गदर्शक  सिद्धान्तको रुमपा   स्वीकार   गर्ने   निर्णय   गरेको   थियो  । र   नेकपाद्वारा   मजदुर किसानलाई  नेपाली  नयाँ  जनवादी  क्रान्तिका  मुख्य  शक्तिका  रुपमा  घोषणा गरिएको  थियो  । पार्टी  निर्माणसँगै नेपाल  कम्यनिष्ट  पार्टीले  नयाँ  जनवादलाई  नेपाली क्रान्तिको   कार्यक्रम   ठोस   गरेको   थियो  ।   त्यसयता   सिंगो   नेपाली कम्यनिष्ट  आन्दोलनको  क्रान्तिकारी  धाराले  अगाडि  बढारहेको  छ।  महान नेपाली  नयाँ  जनवादी  क्रान्ति  सम्पन्न  नगरुन्जेलसम्म  यो  धारा  रोकिने छैन  ।  नेपाली  कम्यनिष्ट  आन्दोलनको  संक्षिप्त  सिंहावलोकनका  विषयमा धेरै स्पष्ट पारिने छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको संक्षिप्त सिंहावलोकन क्रान्तिकारी   कम्युनिष्टहरुले   नेपालको   इतिहासको   अध्ययन गर्न  जरुरी  छ  ।  नेपाली  समाजको  अध्ययन  गर्न  जरुरी  छ  ।  नेपाली कम्युनिष्ट   आन्दोलनको   अध्ययन   गर्न   र   ७०   वर्षे   नेपाली   कम्युनिष्ट आन्दोलनको  सिंहावलोकन  गर्न  जरुरी  छ  ।

सन्  १९१७  अक्टुबर  २५  मा  सम्पन्न  भएको  महान्  रुसी  अक्टुबर समाजवादी   क्रान्ति,   सन्   १९४९   अगस्ट   १   मा   सम्पन्न   भएको   महान चिनियाँ  नयाँ  जनवादी  क्रान्ति  तथा  भारतको  तेलङ्गनामा  संचालन  भइरहेको सशस्त्र  संघर्षको  प्रभाव  र  नेपाली  क्रान्तिको  ऐतिहासिक  आवश्यकताका बिचबाट   २००६   साल   वैशाख   १०   गते   अर्थात्   २२   अप्रिल   १९४९   मा नेपालमा  कमरेड  पुष्पलालको  नेतृत्वमा  नेपाल  कम्युनिष्ट  पार्टीको  स्थापना भयो ।

नेपालमा    कम्युनिष्ट    पार्टीको    स्थापना    हुनु    एक    युगान्तकारी परिघटना   थियो  ।   यसले   २००६   साल   बैशाख   १२   गते   पहिलो   पर्चा प्रकाशित   गरेको   थियो   भने   १५   सेप्टम्बर   १९४९   मा   पार्टीको   पहिलो घोषणापत्र   प्रकाशित   गरेको   थियो  ।   त्यही   बेला   नै   नेपाली   समाजको स्वरुप  अर्धसामन्ती  तथा  अर्ध  औपनिवेशिक  भएको  संशलेषण  गर्दै  नेपालमा सामन्तवाद,  साम्राज्यवाद  तथा  भारतीय  एकाधिकारवादका  विरुद्ध  जनवादी राज्यसत्ता  स्थापना  गर्नु  पर्ने  कुरा  बताइएको  थियो  ।

२००८  सालमा  पहिलो  राष्ट्रिय  सम्मेलन  सम्पन्न  गरिएको  थियो र क.  पुष्पलाललाई  महामन्त्रीमा  निर्वाचित  गरिएको  थियो  ।  प्रथम  राष्ट्रिय सम्मेलनमा  नयाँ  जनवादी  कार्यक्रमका  रुपमा  पार्टीको  आधारभूत  कार्यक्रम ठोस  गरिएको  थियो  र  पार्टीको  न्यूनतम  लक्ष्य  नयाँ  जनवाद  र  अधिकतम लक्ष्य  वैज्ञानिक  समाजवाद  तथा  साम्यवादलाई  बनाइएको  थियो  ।

२०१०  सालमा  पार्टीको  पहिलो  राष्ट्रिय  महाधिवेशन  सम्पन्न  भयो  । यस  महाधिवेशनबाट    पुष्पलाललाई     हटाएर राजवादी    रुझान राख्ने मनमोहन  अधिकारीलाई  महामन्त्री बनाइयो  ।  २०१०  साल  माघ  २६  गते  तत्कालिन  नेपाली  कांग्रेसको सरकारले कम्युनिस्ट पार्टीमाथि प्रतिबन्ध लगायो । 

२०१३  साल  वैशाख  ३  गते  महामन्त्री  मनमोहन  अधिकारीले  पार्टीले राजाको  बैधानिक  अधिनायकत्वलाई  अंगिकार  गर्ने  पत्र  पठाएपछि  २०१३ वैशाख  ४  गते  सरकारले  ५  वर्षदेखि  लगाउदै  आएको प्रतिबन्ध  हटाई दियो  ।   त्यसदिन   देखि   नेपाली   कम्युनिष्ट  आन्दोलन   भित्र   दक्षिणपन्थी संशोधनवादलाई  विधिवत  रुपमा  प्रवेश  गराइयो  ।

२०१४  सालमा  दोस्रो  राष्ट्रिय  महाधिवेशन  सम्पन्न  गरियो  ।  राजतन्त्र पक्षधर डा. केशरजंग   रायमाझीलाई   महामन्त्री   बनाइयो  । महाधिवेशनमा नयाँ  जनवादको  पक्षपोषण  गरिए  पनि  दस्तावेजमा  उल्लेख  गरिएन  ।  तर गणतन्त्रको   नारा   भने   पारित   गरिएको   थियो  ।   २०१५   सालको   पहिलो संसदीय  आम  निर्वाचनमा  पार्टीद्वारा  भाग  लिने  निर्णय  गरियो  र  चार  सीट जित्न  सफल  भयो  ।

नेपाली  विशिष्टतामा आधारित    सशस्त्र    जनविद्रोह,    जनवादी    केन्द्रीयताको    सही    अभ्यास लगायतका   मान्यतामा आधारित   रहेर   उच्च   स्तरको   नयाँ   एकताका आधारमा  नयाँ  ढंगको  कम्युनिष्ट  पार्टी  निर्माण  गरेर  मात्र  साम्राज्यवादी भूमण्डलीकरणको  प्रक्रिया  तेजीका  साथ अगाडी  बढिरहेको  सन्दर्भमा  यी सबै चुनौतीहरुको   सामना   गर्दै   अगाडि   बढने प्रतिबद्धता नै आजको क्रान्तिकारीहरुको  मुख्य  दायित्व  बन्न  पुगेको  छ  ।

२०१७   साल   पुस   १   गते   तत्कालीन   राजा   महेन्द्रद्वारा   गरिएको फौजीकाण्ड   पश्चात   २०१७   फाल्गुनमा   भारतको   दरभंगामा   नेकपाको केन्द्रीय  प्लेनम  आयोजित  गरिएको  थियो  ।  त्यहाँ  राजनीतिक  कार्यनीतिका रुपमा   संविधानसभाको   निर्वाचनलाई   स्वीकार   गरियो  ।   तर   त्यसलाई केन्द्रीय    समितिले    मानेन  । २०१९    सालमा    सम्पन्न    पार्टीको    तेस्रो महाधिवेशनमा   पार्टी   भित्र   रुसी   आधुनिक   संशोधनवादको   प्रभाव   बढ्न गयो  ।

 आधारभूत  राजनीतिक  रुपमा  ‘राष्ट्रिय  प्रजातन्त्र’  र  मूल  राजनीतिककार्यनीतिका  रुपमा  सर्वसत्तासम्पन्न  सार्वभौम  संसदलाई  स्वीकार  गरियो  । दरबारपरस्त  डा.  रायमाझीलाई  गद्धार  घोषणा  गरेर  पार्टीबाट  निष्काशन गरियो  र  तुल्सीलाल  अमात्यलाई  महामन्त्री  बनाइयो  ।  तेस्रो  महाधिवेशन पश्चात   पार्टी   भित्र   तीब्र   दुइलाइन   संघर्ष   चल्यो  ।  

यस   प्रक्रियामा तुलसीलालको  ‘कुन  बाटो’  र  पुष्पलालको  ‘मूल  बाटो’  का  बिच  तीव्र  विवाद भयो  ।  रुपमा  मूल  बाटो  केही  सकारात्मक  जस्तो  देखिए  पनि  सारमा दुबैका  बिच  तात्विक  अन्तर  थिएन  ।  यसै  क्रममा  अर्थात  २०२१÷२२ तीरबाट  पार्टी  विभिन्न  समुहमा  विभाजित  भएर  छिन्न  भिन्न  हुन  पुग्यो  ।

पार्टीमा    विभाजनको    त्यस    प्रक्रियामा    मूलतः    दक्षिणपन्थी संशोधनवादी  धारामा  ः  १)  राजतन्त्रवादी  रायमाझी  समूह  तथा  २)  खु्रश्चोभ पक्षीय  राष्ट्रिय  प्रजातन्त्रको  कार्यक्रम  स्वीकार्ने  तुलसीलाल  समुह  देखा  परे भने क्रान्तिकारी   धारामा मार्कसवाद–लेनिनवाद–माओविचारधारा तथा नयाँ जनवाद  पक्षधर  पुष्पलाल  समुह  देखा  परे  ।

नयाँ  जनवाद  पक्षधर  
१)  २०२५  सालमा  पुष्पलाल  समुहले  भारतको गोरखपुरमा   तेस्रो राष्ट्रिय  सम्मेलन   गर्‍यो   र   नयाँ  जनवादी   क्रान्तिको कार्यक्रम  पारित  गर्‍यो । पुष्पलाललाई  महासचिवमा  निर्वाचित  गर्‍यो  ।

२)  २०२८  सालमा  झापामा  सशस्त्र  विद्रोह  गर्ने  समुह  तथा  ३)  २०२८ सालमा  केन्द्रीय  न्यूक्लियस  गठन  गरि  २०३१  सालमा  चौथो  महाधिवेशन सम्पन्न  गर्ने  समुहका  रुपमा  विकसित  हुन  पुगे  ।

२०३१   सालमा   चौथो   महाधिवेशन   सम्पन्न   भयो  । यसमा   नयाँ जनवादको  आधारभूत  राजनीतिक  कार्यक्रम  र  देशभक्त  तथा  जनतान्त्रिक शक्तिहरुको  सरकारको  मूल  राजनीतिक  कार्यनीति  पारित  गरियो  ।  यस महाधिवेशनबाट  मोहनविक्रम  सिहंलाई  महामन्त्री  बनाइयो  ।

२०२८  सालमा  सशस्त्र  झापा  विद्रोह  गर्ने  समुहले  २०३२  सालमा कोअर्डिनेशन  कमिटी  कोके  (माले)  समुह  गठन  गरेर  अगाडि  बढ्यो  ।  यस समुहले  जनवादलाई  मूल  राजनीतिक  कार्यनीति  तय  गर्‍यो  । २०३५  साल  साउन  ७  गते  पुष्पलालको  निधन  भयो  ।  पुष्पलाल समुहले  आफ्नो  नीतिमा  कुनै  फेरबदल  गरेन  । कोअर्डिनेशन  कमिटी  ( कोके  माले) ले  २०३५  पुस  ११  गते  पार्टी  पुनर्गठन  गर्न  गरेर  नेकपा  (माले) बनायो  ।  मूल  राजनीतिक  कार्यदिशा  नयाँ  जनवादलाई  कायमै  राख्यो  र मार्क्सवाद–लेनिनवाद–माओविचार   धारालाई   पथप्रदर्शक   सिद्धान्त   अंगिकार गर्ने  नीति  लियो  ।

अर्कोतिर   चौममा   पार्टीभित्र   क्रान्तिकारी   र   अवसरवादी   पक्षबिच अन्तरसंघर्ष  चल्दै  गयो  ।  यस  प्रकारका  अन्तरसंघर्षहरुमा  कैयौं  अस्वस्थ प्रकारका  थिए ।   यसैक्रममा   २०३७   वैशाख   २०   गते   सम्पन्न   जनमतसंग्रहमा   बहुदलको   पक्षमा   जाने   नीति   स्वीकार   गरियो ।  त्यसैक्रममा विश्वमा   सञ्चाल   भइरहेका   विभिन्न   समाजवादी   देशहरु सहित   चीनमा प्रतिक्रान्ति  भएको  कुरा  पनि  स्वीकार  गरियो  ।  अन्ततः  अस्वस्थ  दुइलाइन संघर्षका  साथै  कतिपय  वैचारिक  मतभेदका  कारण  पार्टी  विभाजन  भयो  । लामा  समुह  अलगियो  ।  नेकपा  (मशाल)  गठन  गरियो  ।

२०४१  सालमा  पार्टीले  पाचौं  राष्ट्रिय  महाधिवेशन  सम्पन्न  गर्‍यो  । नयाँ  जनवाद  तथा  दीर्घकालिन  जनयुद्धमा  आधारित  आम  कार्यदिशा  पारित गरियो  । देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकारको मूल राजनीतिक  कार्यदिशालाई    हटायो  ।  सत्ता  जनतामा  हस्तान्तरणको राजनीतिक  कार्यनीति  स्वीकार  गर्‍यो  ।

त्यसभित्र  पनि  दुइलाइन  संघर्ष  शुरु  भयो  ।  अस्वस्थ  दुई  लाइन संघर्ष  र  कतिपय  बैचारिक  मतभेदक  कारण  पार्टी  पुनः  दुई  समुह–नेकपा (मशाल)  र  नेकपा  (मसाल)  मा  विभाजन  हुन  पुग्यो  ।

यस क्रममा नेपाली कम्युनिष्ट आन्दोलनमा विभाजन र उपविभाजनका क्रम अझै अगाडि बढे  । पुष्पलाल  समुहमा विभाजन प्रक्रिया  अगाडि  बढ्यो  ।  राष्ट्रिय साँस्कृतिक मोर्चा,  रोहित  समुह,  रुपलाल समुह  आदि  बने  ।  पुष्पलालबाट  अलगिएको  राष्ट्रिय  मुक्ति  मोर्चा  समुह झापा  विद्रोह  समुहबाट  बनेको  माले  सुमहमा  आबद्ध  हुन  पुग्यो  ।  यस क्रममा   विभिन्न   खाले   एकीकरण   र   ध्रुबीकरणका प्रक्रिया अघि बढे । 

२०४६   सालको   ऐतिहासिक   जनआन्दोलन   पश्चात   यस   प्रकारको एकीकरणको प्रक्रिया   तीव्र   रुपमा   अगाडि   बढ्यो  ।   यसै क्रममा   एकातिर   २०४७   साल   पुष   ११   गते   नेकपा   (माले)   र   नेकपा (माक्र्सवादी)  का  बीच  एकता  भै  नेकपा  (एमाले)  बन्न  पुग्यो  भने  अर्कोतिर नेकपा  (मशाल),  नेकपा  (चौम),  अर्थात  लामा  समुह,  सर्वहारावादी  श्रमिकसंगठन  तथा  विद्रोही  मसाल  मिलेर  एकीकरण  प्रक्रिया  अगाडि  बढ्यो  ।

२०४८  सालमा  नेकपा  (एकता  केन्द्र)  निर्माण  भयो  ।  यसले  २०४८  सालमा एकता  महाधिवेशन  गरि  मार्कसवाद–लेनिनवाद–माओवाद,  लाई  पथप्रदर्शक सिद्धान्त   अंगिकार   गर्ने   र   नयाँ   जनवाद   तथा   दीर्घकालिन   जनयुद्धको कार्यदिशा  अंगीकार  गर्‍यो  ।

त्यसै   क्रममा   एमाले  भित्र   क्रान्तिकारी   तथा   अवसरवादी   पक्षका बिचमा  भीषण  दुई  लाइन  संघर्ष  चल्यो  र  अन्ततः  २०४९  माघमा  आयोजना गरिएको   पाचौं   राष्ट्रिय   महाधिवेशनबाट   मदन   भण्डारीले   प्रस्तुत   गरेको जनताको  बहुदलीय  जनवाद  पारित  गरियो  र  नयाँ  जनवादलाई  परित्याग गरी  बहुदलीय  जनवादको  संशोधनवादी  कार्यक्रम  तथा  कार्यदिशा  अंगीकार गर्न  पुग्यो  ।

दीर्घकालिन  जनयुद्धको  प्रक्रियामा  जाने  वा  नजाने  भन्ने  विषयमा गंभीर  मतभेद  पैदा  भई  २०५१  सालमा  नेकपा  (एकता  केन्द्र)  विभाजित  हुन पुग्यो  र  दीर्घकालिन  जनयुद्ध  पक्षधरद्वारा  नेकपा  (माओवादी)  गठन  हुन पुग्यो  ।  लामा  समुह  एकताकेन्द्र  मै  रहयो  ।

नेकपा   (माओवादी)  ले   २०५२  साल   फाल्गुन   १  गतेदेखि   जनयुद्धको   ऐतिहासिक   पहल  गर्‍यो  ।  दश   वर्षसम्म   सञ्चालन   गरिएको जनयुद्धले  रणनीतिक  रक्षा  र  सन्तुलनको  चरण  हुदै  प्रत्याक्रमणको  चरणतिर अघि बढ्यो । अस्थायी  आधार  इलाकाहरु  बने  ।  जनसत्ता  र  जनमुक्ति सेनाको  निर्माण  भयो  ।  दश  वर्षे  जनयुद्धले  देश  भित्र  मात्र  होइन  बाहय् मुलुकहरुमा  पनि  राम्रो  प्रभाव  पार्‍यो  ।

२०६२  को  चुनवाङ  वैठकले  दीर्घकालिन  जनयुद्धको  मूल  राजनीतिक कार्यनीतिका  रुपमा  लोकतान्त्रिक  गणतन्त्रको  कार्यदिशा  अगीकार  गरी  १२ बुदे सहमति,    विस्तृत  शान्ति सम्झौता  तथा   नयुद्धको  परित्याग, संविधानसभाको  दुई   पटक   निर्वाचन,   जनमुक्ति   सेनाको   विघटन   र प्रतिक्रियावादी  सेन  भित्र  विलोप  लगायतका  परिघटनाहरु  पार्टीको  मूल नेतृत्वबाट  घटाइयो  ।  यसै  प्रक्रियामा  पार्टीमा  भीषण  दुइलाइन  संघर्ष  चल्यो र  दक्षिणपन्थी  नव  संशोधनवादीसित  सम्बन्ध  विच्छेद  गरी  २०६९  असार २–५ गतेको  बौद्ध  भेलाबाट  नेकपा–माओवादी  गठन  गरियो  ।  नेपाली  क्रान्तिको यो  निकै  महत्वपूर्ण  ऐतिहासिक  परिघटना  थियो  ।  यस  पश्चातः  पार्टीमा 
विभिन्न  दुई  लाइन  संघर्ष,  विभाजन,  एकीकरण  र  ध्रुबीकरणका विभिन्न  प्रक्रिया  अघि  बढ्दै  आएका  छन्  ।

एकातिर  नेकपा–माओवादी  हुदै  नेकपा  (क्रान्तिकारी  माओवादी)  को पुनर्गठन  हुन  पुग्यो  यसले  मालेमावादको  पथप्रदर्शकमा  महान  नेपाली  नयाँ जनवादी  क्रान्तिका  बाँकी कार्यभार  पुरा  गर्ने  उद्देश्यका  साथ  अगाडि  बढिरहेको  छ  भने  अर्कोतिर  दक्षिणपन्थी  नवसंशोधनवादमा  पतन  हुन  पुगेको एमाओवादी  हुदै  (माओवादी  केन्द्र)  विचारविहिन  भएर  एमालेमा  विलय  भयो र  प्रतिक्रियावादी  सत्तामा  सामेल  भयो  ।

महान्  नेपाली  नयाँ  जनवादी  क्रान्ति  र  महान्  जनयुद्धले  गम्भीर प्रकारको  धक्का  खानु  परेको  छ  ।  क्रान्तिले  यस  प्रकारको  धक्का  खानुका पछाडी  एकातिर  दक्षिणपन्थी  अवसरवादीहरुमा  विद्यमान  आत्मसमर्पणवाद तथा  क्रान्तिप्रतिको  गद्धारी  र  अर्कोतिर  स्वयम्  कम्युनिष्ट  क्रान्तिकारीका कमिकमजोरी  तथा  सिमा  जस्ता  कारणहरुले  पनि  काम  गरेका  छन्  । आज  दक्षिणपन्थी  संशोधनवाद  नेपाली  क्रान्तिको  निम्ति  मुख्य  बाधक  बन्दै आएको  छ  ।

६९  वर्षको  लामो  नेपाली  कम्युनिष्ट  आन्दोलनलाई  फर्केर  हेर्दा  र यसको  सिंहावलोकन  गर्दा  के  निष्कर्षमा  पुग्न  सकिन्छ  भने  यस  आन्दोलन भित्र  विभिन्न  बहानाबाजी  र  तीकडम  गर्दै  घुस्न  सफल  भएको  दक्षिणपन्थी अवसरवादलाई  जरैदेखि  उखेलेर  नफ्याकेसम्म, नयाँ  ढंगको  क्रान्तिकारी पार्टी   निर्माण   गर्न   र   क्रान्तिलाई   लक्ष्यसम्म   पुर्‍याउन  सम्भव   छैन  । इतिहासले   सिकाएको   पाठ  पनि  यही  नै  हो  । रुस,  चीन, भियतनाम लगायतका  देशहरुमा  पनि  पार्टी  भित्र  मौलाएका  दक्षिणपन्थी  अवसरवादी झारपातहरुलाई फ्याकेपछि  मात्र  नयाँ  ढंगका  क्रान्तिकारी  कम्युनिष्ट  पार्टी निर्माण  गरेर  क्रान्ति  सम्पन्न  गरिएको  इतिहास  छ  ।

आज  हाम्रो देशमा  पनि  एकता,  धव्रीकरणका  प्रक्रियाहरु  चलिरहेका छन्  ।  एकता  र  ध्रवीकरणका  बारेमा  पनि  बहस  चल्ने  गरेका  छन् । क्रान्तिकारी   माओवादीहरुले यो   एकता, ध्रवीकरणका प्रक्रियामा  सहीविचारधारात्मक  राजनीतिक  कार्यदिशामा  आधारित  रहेर  सबै  क्रान्तिकारी समुह उपसमुहहरुलाई एकताबद्ध तुल्याउने प्रयत्न गरेर मात्र नेपाली कम्युनिष्ट  आन्दोलनको क्रान्तिकारी धारालाई एकताबद्ध तुल्याउन  र दक्षिणपन्थी  अवसरवादी  तथा  संशोधनवादी  धारालाई  परास्त  गर्न  सकिने छ  ।

मार्कसवाद–लेनिनवाद–  माओवाद,  नयाँ  जनवाद,  नेपाली  विशिष्टतामा आधारित    सशस्त्र    जनविद्रोह,    जनवादी    केन्द्रीयताको    सही    अभ्यास लगायतका   मान्यतामा आधारित   रहेर   उच्च   स्तरको   नयाँ   एकताका आधारमा  नयाँ  ढंगको  कम्युनिष्ट  पार्टी  निर्माण  गरेर  मात्र  साम्राज्यवादी भूमण्डलीकरणको  प्रक्रिया  तेजीका  साथ अगाडी  बढिरहेको  सन्दर्भमा  यी सबै चुनौतीहरुको   सामना   गर्दै   अगाडि   बढने प्रतिबद्धता नै आजको क्रान्तिकारीहरुको  मुख्य  दायित्व  बन्न  पुगेको  छ  ।

(हस्तबहादुर केसीको हालै प्रकाशित मार्क्सवाद विकासको इतिहास पुस्तकबाट)