नबिल बैंक:  दिगो बैंकिङ तथा वित्तीय  साक्षरता कार्यक्रम कालिकोटको पलाँतामा

नबिल बैंक:  दिगो बैंकिङ तथा वित्तीय  साक्षरता कार्यक्रम कालिकोटको पलाँतामा

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर १९, २०७८

नबिल बैंकले कालिकोटको पलाँतामा  गाउँपालिकामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको  बैँकले जनाएको छ । नबिल बैंकले पलाँता गाउँ  पालिकासँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी समेत गरेको छ । 

नबिल बैंकको संस्थागत संचार विभाग पलाँता गाउँपालिकामा नबिल बैंकको तर्फबाट प्रमुख व्यापार अधिकृत गणेश प्रसाद अवस्थी र गाउँपालिकाको तर्फबाट अध्यक्ष लक्ष्मण बहादुर बमले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ । उक्त साझेदारी मार्फत गाउँ पालिकाहरूले स्थानीय स्तरमा संचालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम/तालिम लिएर उद्यम गर्न चाहने उद्यमीहरूलाई गाउँपालिकाको सिफारिसमा बैंकले उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम/तालिमहरूमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत संचालन गर्ने उद्देश्य रहेको छ ।

कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष लक्ष्मण बहादुर बमले नबिल बैंकको दिगो बैंकिङले निम्न वर्गीय किसान तथा उद्यमीलाई बलियो बनाउने आशा व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नबिल बैंककाे दिगो बैंकिङ तथा वित्तीय साक्षरताको सम्बन्धमा नबिल दिगो बैंकिङका प्रबन्धक लीला प्रसाद ओझाले प्रकाश पार्नु भएको थियो ।

अन्तरक्रिया दौरान स्थानीय किसान, युवा तथा महिला उद्यमीहरूले उठाउनु भएका जिज्ञासा तथा सुझावहरूको समेत सम्बोधन गरिएको थियो । कार्यक्रममा स्थानीय किसान, युवा तथा महिला उद्यमीहरू साथै अन्य गाउँपालिकाबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।  

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको बैंकले जनाएको छ । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको समेत जनाउनु भएको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई लक्षित गरी कृषि क्षेत्रका व्यवसायीकरण र उद्यमशीलता विकासको लागि ल्याएको यो कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरूबाट संचालन गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।