सूर्य नेपाल गल्फ भोलिदेखि

सूर्य नेपाल गल्फ भोलिदेखि

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर १९, २०७८

सूर्य नेपाल गल्फ टुर २०२१/०२२ प्रतियोगिता भोलि (सोमबार)देखि सुरु हुने भएको छ । आयोजक प्रोफेसनल गल्फर एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता सोमबारदेखि सुरु भई बिहीबार समापन हुने जनाएको छ ।

प्रतियोगितामा ३४ प्रोफेसनल र १२ एम्याचर गरी ४६ गल्फर सहभागी हुने एसाेसिएसनका अध्यक्ष दीपक आचार्यले जानकारी दिए । २ होलमा हुने प्रतियोगिताको विजेताले ६ लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुनेले एक लाख १० हजार र तेस्रोले ७४ हजार रुपैयाँ प्राप्त गर्ने छन् । यस्तै, चौथोले ६० हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष आचार्यले बताए । २१ स्थान प्राप्त गर्ने खेलाडीले समेत पुरस्कार  पाउनेछन् ।

आयोजकले ६ जना खेलाडीलाई प्रतियोगिताको उपाधि दाबेदारका रूपमा हेरेको छ, जसमा शुक्रबहादुर राई, भुवन नगरकोटी, धन थापा, संजय लामा, रामे मगर र १३औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को दोहोरो स्वर्ण पदक विजेता सुभाष तामाङ रहेका छन् ।

आयोजकले यस वर्ष ८ वटा प्रतियोगिता हुने तालिका सार्वजनिक गरेको छ ।