परासीमा मेगा बैंकको नयाँ शाखा विस्तार

परासीमा मेगा बैंकको नयाँ शाखा विस्तार

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २०, २०७८

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले परासीमा नयाँ शाखा विस्तार गरेको छ । 

मेगा बैंक प्रमुख सूचना अधिकारी तुल्सीराम पोखरेल अनुसार  मेगा बैंकले लुम्बिनी प्रदेशको नवलपरासी जिल्ला (सुस्ता पश्चिम)को सदरमुकाम परासीस्थित रामग्राम नगरपालिका वडा नम्बर ३ मा नयाँ शाखा विस्तार गरेको हो । यो मेगा बैंकको २०३औं शाखा हो । 

मेगा बैंकले यस आर्थिक बर्षमा १६ वटा नयाँ शाखा विस्तार गरिसकेको छ ।