शेयर बजार दोहोरो अंकले बढ्यो

शेयर बजार दोहोरो अंकले बढ्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २०, २०७८

साताको दोस्रो कारोबार दिन सोमबार शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ३२.२२ अंकले बढेर २ हजार ५४६.८ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ । 

आज २२७ वटा कम्पनीकोे ६९ हजार ८८८ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल ४ अर्ब ५४ करोड २३ लाख ४५ हजार २७१ रुपैयाँको कारोबार भएको छ । कारोबारको आधारमा सबैभन्दा बढी नबिल बैंकको शेयर काराेबार भएको छ । यस बैंकको १७ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ ।      

आज सबै समूहको सूचकमा हरियाली छाए पनि ३.४५ प्रतिशतभन्दा माथि पुग्न सकेका छैनन् । आज उच्च नाफा कमाउनेमा मेरो माइक्राे फाइनान्स वित्तीय संसथाका लगानीकर्ताहरू रहेका छन् । यस कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, आज जनउत्थान सामुदायिक लघुवित्त र न्यादी हाइड्रो पावरको शेयर मूल्यमा उच्च गिरावट आएको छ । जनउत्थान सामुदायिक लघुवित्त कम्पनीको शेयर मूल्य ६ प्रतिशतभन्दा बढीले घटेको छ ।