प्रदेश सरकारका पहिलो निर्णय अलपत्र

प्रदेश सरकारका पहिलो निर्णय अलपत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

काठमाडाैं । निर्णय : प्रत्येक स्थानीय तहमा एउटा उद्योगग्राम स्थापना गर्ने । प्रदेश सदरमुकाममा सुविधासम्पन्न रंगशाला निर्माण गर्ने । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय स्थापना गर्ने । यीसँगै सहिदहरूलाई श्रद्धाञ्जलीसहितका ६ निर्णय गरिएका थिए । 

प्रगति : हरेक स्थानीय तहमा उद्योगग्राम स्थापना गर्ने निर्णय अलपत्रजस्तै छ । सरकारले मापदण्ड बनायो, त्योभन्दा धेरै प्रगति हुन सकेन । चालू आर्थिक वर्षको बजेटमा यो विषय समावेश गरियो, तर बजेट विनियोजन गरिएन । प्रदेश सदरमुकाममा रंगशाला बनाउने निर्णय पनि अलपत्रै छ ।

दुई वर्षभित्र सबै प्रदेशमा रंगशाला बनाउने सरकारको घोषणा छ, तर अहिलेसम्म सबैको डिपिआरसमेत बनेको छैन । यो विषयमा पनि चालू वर्षको बजेटमा बोलियो, तर बजेट विनियोजन भने गरिएन । प्रत्येक प्रदेशमा प्राविधिक तथा व्यावसायिक महाविद्यालय बनाउने कार्यक्रमका लागि विद्यालय छनोट गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)का निर्देशक प्रमोदभक्त आचार्यका अनुसार तीन वर्षभित्र योजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।