डुकुछापमा डिशहोमको नयाँ स्याटलाइट टेलिफोन स्थापना

डुकुछापमा डिशहोमको नयाँ स्याटलाइट टेलिफोन स्थापना

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २१, २०७८

डिडिएच सेवा दिदै आएको डिशहोमले ललितपुरको डुकुछापमा स्याटलाइट टेलिफोन  स्थापना गरेको छ । छ्यासीकोट स्थित टेलिपोर्टबाट आफ्नो सेवा दिदै आएको डिशहोमले वैकल्पिक प्रयोजनका लागि आफ्नो दोस्रो  स्याटलाइट टेलिपोर्ट  स्थापना गरेको जनाएको छ ।  

अव कुनै पनि प्राविधिक अथवा प्रकृतिक अवरोध आएमा आफ्नो सेवा अवरुद्ध नहोस् भन्नको लागि दोस्रो स्याटलाइट टेलिपोर्ट स्थापना गरेको बताएको छ । छ्यासीकोटमा रहेको डिशहोेमको स्टेशन मार्फत फाईवर केवलको माध्यम मार्फत डुकुछापमा स्थापना भएको  स्याटलाइट टेलिपोर्ट सम्म पुर्‍याई डिशहोमका सम्पुर्ण टेलिभिजनका सिग्नल स्याटेलाईटमा अपलिंक गरि प्रशारण गर्ने क्षमता राख्ने समेत  डिशहोमले जनाएको छ ।