एनपी साउदले पनि खोले सम्पर्क कार्यालय

एनपी साउदले पनि खोले सम्पर्क कार्यालय

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २१, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीमा दाबेदार एनपी साउदले सम्पर्क कार्यालय खोलेका छन् ।

वर्तमान केन्द्रीय सदस्यसमेत रहेका साउदले अनामनगरस्थित सिंहदरबारको पूर्वी गेटअगाडि लायन्स हब रहेको भवनको तेस्रो तलामा सम्पर्क कार्यालय खोलेका हुन् ।

कार्यालयको औपचारिक शुभारम्भ भोलि बुधबार हुनेछ । यद्यपि, कार्यालयमा नेता कार्यकर्ताको उपस्थिति बढेको छ । साउदका सहयोगी दीपक जोशीले कार्यालय संचालनमा ल्याएको जानकारी दिए । महामन्त्री पदका लागि तयारी गर्न, कार्यकर्ता भेटघाट गर्न र सम्पर्क विस्तारका लागि कार्यालय खोलिएको उनको भनाइ छ ।

साउदको सचिवालयले भेटघाटमा लागि आउने नेता, कार्यकर्तालाई सम्पर्क कार्यालयमा आउन अपिल गरेको छ ।  

नेपाली कांग्रेसको महाधिवेशन २४-२७ मंसिरमा भृकुटीमण्डपमा हुँदै छ ।