विमल स्मृति राष्ट्रिय कविता महोत्सवमा सोलुका गणेश खतिवडा प्रथम

विमल स्मृति राष्ट्रिय कविता महोत्सवमा सोलुका गणेश खतिवडा प्रथम

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २२, २०७८

सुनसरी । धरानस्थित कवि विमल गुरुङ स्मृति पुस्तकालयद्धारा आइतबार आयोजित राष्ट्रिय कविता महोत्सवमा सोलुखुम्बुका गणेश खतिवडाको ‘मृतिका सुगन्ध’ शीर्षक कविताले प्रथम पुरस्कार पाएको छ स्वर्गीय कवि गुरुङको ५० औं जन्मजयन्ती र ३० औं राष्ट्रिय कविता महोत्वमा  विजेता खतिवडाले नगद २१ हजार रुपैया र प्रमाणपत्र हात पारे ।

बुद्धचोकस्थित पुस्तकालाय भवनमा आयोजित समारोहमा झापाका प्रकाश निरौलाको ‘गाउँका कविता’ शीर्षकले दोस्रो पुरस्कार पाएको थियो । निरौलाले नगद १५ हजार रुपैयाँ हात पारे भने खोटाङका मुकुन्दकृष्ण थापाको ‘राहदानीको विलौना’ तृतीय हुँदै नगद ११ हजार रुपैया हातपार्न सफल भएको थियो । मोरङका नगेन्द्र सुवेदी र उदयपुरका सुमित्रा पोखरेलाई सान्तवना पुरस्कार नगद ५ हजार रुपैयाँ प्रदान गरिएको थियो । 

उक्त अवसरमा समाजमा विभिन्न पक्षबाट योगदान दिने २१ जनालाई दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरिएको थियो । सम्मानित र विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले प्रमाणपत्र वितरण गरेका थिए ।