१ करोड ४ लाख रुपैयाँको अक्षय कोष सहित २ लाख नगदको ‘विमल कृति पुरस्कार’ घोषणा

१ करोड ४ लाख रुपैयाँको अक्षय कोष सहित २ लाख नगदको ‘विमल कृति पुरस्कार’ घोषणा

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २२, २०७८

विमल स्मृति पुस्तकालयका संरक्षक समेत रहेका पुर्णवहादुर गुरुङले नेपाली साहित्यको उन्नयनका लागि १ करोड ४ लाख रुपैयाँको अक्षय कोष स्थापना गरेको बताउनु भएकाे छ । विमल गुरुङको ५० औं जन्मजयन्तीको अवसरमा आयोजित कविता महोत्सवमा पुस्तकालयले प्रत्येक बर्ष उत्कृष्ट एक पुस्तकलाई २ लाख नगद राशिको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरेको थियो । 

पुस्तकालयको तर्फबाट मुन्धुम कवि साहित्यकार प्रदीप मेन्याङ्बोले आगामी मंसिर १९ गतेकै दिन पारेर नगद २ लाख रुपैयाको ‘विमल कृति पुरस्कार’ प्रदान गरिने घोषणा गरे । स्वदेश र विदेश बस्ने नेपाली भाषी लेखक साहित्यकारहरुले लेखेका आख्यान र गैरआख्यान, काव्यका उत्कृष्ट पुस्तकलाई आगामी ०७९ सालको मंसिर १९ गतेदेखि प्रदान गरिने घोषणा गरेका थिए ।

लेखक साहित्यकारले लेखेको उत्कृष्ट पुस्तकलाई ‘विमल कृति पुरस्कार’ प्रदान गर्न संरक्षक अध्यक्ष गुरुङ र छोरी शान्तिले काठमाडौँका प्राज्ञ कवि शशी लुमुम्बू, मुन्धुम साहित्यकार प्रदीप मेन्याङ्बो, लेखक राजकुमार दिक्पाल (पोर्चुगल), जसकुमार वेखर्ची राई (अमेरिका) र डम्बरकृष्ण श्रेष्ठ ‘अनुशील’ (हङकङ) लाई तत्कालका लागि जिम्मेवारी दिएका छन् ।  

व्रिटिश गोर्खा लाहुरे पूर्णबहादुर गुरुङ र उनका स्वर्गीय श्रीमती सरस्वती गुरुङ र छोरी शान्तिले १९ बर्षको आयुमा ०४८ साल वैशाख २४ दिवंगत भएका कवि विमलको स्मृतिमा धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरेका छन् ।