३ अर्ब निक्षेप घटेपछि सीडी रेसियोमा सुधार

३ अर्ब निक्षेप घटेपछि सीडी रेसियोमा सुधार

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २३, २०७८

बैंक तथा वित्तीय संस्थाहरूको ऋण लगानी ३ अर्ब रुपैयाँले घटेपछि कर्जा-निक्षेप अनुपात (सीडी रेसियो)मा सुधार आएको छ । 

नेपाल राष्ट्र बैंकका अनुसार सोमबारको तुलनामा मंगलबार बैंक तथा वित्तीय संस्थाको निक्षेप ३ अर्ब रुपैयाँले वृद्धि हुँदा ऋण लगानी पनि ३ अर्ब रुपैयाँले नै घटेको छ । 

सोमबारसम्ममा बैंक तथा वित्तीय संस्थाहरूको लगानी ४५ खर्ब ८८ अर्ब रुपैयाँ रहेकामा मंगलबार ४५ खर्ब ८५ अर्ब रुपैयाँमा झरेको छ । यसैगरी सोमबारसम्म ४७ खर्ब ९८ अर्ब रुपैयाँ निक्षेप रहेकामा वृद्धि भई मंगलबार ४८ खर्ब एक अर्ब रुपैयाँ पुगेको छ । 

निक्षेप वृद्धि र कर्जा लगानी घटेपछि बैंकको औसत सीडी रेसियो मंगलबार ९०.८९ प्रतिशतमा झरेको छ । सोमबार सीडी रेसियो ९१ प्रतिशत रहेको थियो ।निक्षेप घटे पनि कर्जा लगानीमा आक्रामक भएपछि बैंकमा तरलता अभाव भइरहेको छ  । 

मंगरबारसम्मको वित्तीय सूचक

कुल निक्षेप  : ४८ खर्ब एक खर्ब
कुल लगानी  : ४५ खर्ब ८५ अर्ब
कर्जा-निक्षेप अनुपात  : ९०.८९ प्रतिशत
अन्तरबैंक व्याज दर :  ४.९८ प्रतिशत