नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन

नेप्सेमा २ कम्पनीको शेयर मूल्य समायोजन

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २३, २०७८

नेप्सेले बिहीबार २ वटा कम्पनीको शेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबार स्वाभिमान लघुवित्तको ३२.३० प्रतिशत र आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरूको शेयर मूल्य समायोजन गरेको हो । बुधबार स्वाभिमान लघुवित्तको शेयर मूल्य २ हजार ५४० रुपैयाँ र आईसीएफसीको ७०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो । 

स्वाभिमान लघुवित्तको बोनस शेयर समायोजनपछिको मूल्य नेप्सेले १९१९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ । लघुवित्तले गत वर्षको नाफाबाट ३२.३० प्रतिशत बोनस शेयर र कर तिर्न १.७० प्रतिशत नगद लाभांश वितरण गर्न ८ पुसमा साधारणसभा बोलाएको छ । सभा दिउँसो १ बजेदेखि भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ ।

त्यस्तै, आईसीएफसी फाइनान्सको बोनस शेयर समायोजनपछिको मूल्य ६३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ । फाइनान्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनसहित ४ प्रतिशत नगद लाभांश वितरण गर्न ५ पुसमा साधारणसभा आह्वान गरेको छ । सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ ।