लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते

लमजुङमा जिप दुर्घटना : ३ जनाको मृत्यु, ६ जना घाइते

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर २३, २०७८

लमजुङको मर्स्याङ्दी  गाउँपालिका- ८ भुस्मे नजिकै कालिमाटीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । 

मर्स्याङ्दी  गाउँपालिका- ९ सिम्पानीबाट वडा नम्बर- ८ भुस्मेमाथि पिसहिल स्टेसनतर्फ जाँदै गरेको ग१ज ६३१७ नम्बरको जिप बिहीबार बिहान साढे १० बजेतिर दुर्घटना भएको हो । 

गणेश माध्यमिक विद्यालय सिम्पानीका शिक्षक र विद्यार्थी बोकेर गएको जिप सडकबाट डेढ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।  मृत्यु हुनेमा शिक्षक र विद्यार्थी छन् । 

घाइते ६ जनालाई स्थानीय, प्रहरीले उद्दार गरी उपचारका लागि जिल्ला अस्पताल लमजुङ ल्याएका छन्  ।