शेयर बजार सामान्य अंकले घट्यो

शेयर बजार सामान्य अंकले घट्यो

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २३, २०७८

साताको पाँचौँ कारोबार दिन बिहीबार शेयर बजार सामान्य अंकले घटेको छ । नेप्से परिसूचक ५.८४ अंकले घटेर २ हजार ४४९.९७ बिन्दुमा पुगेर कारोबार बन्द भएको हो । 

२३१ वटा कम्पनीको ६२ लाख २३ हजार ७२१ कित्ता शेयर खरिद-बिक्री हुँदा कुल २ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार गर्नेमा हिमालयन डिस्टिलरी कम्पनी छ । यस कम्पनीले ८८ करोड ५५ लाख रुपैयाँको कारोबार गरेको छ । 

बिहीबार ७२ वटा कम्पनीको शेयर मूल्य बढ्दा १०६ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने बाँकी १२ वटा कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन आएको छैन । बिहीबार कारोबारमा आएका होटल तथा पर्यटन, अन्य र म्यूचुअल फण्ड समूहका सूचक मात्र हरियाे देखिएका छन् । यिनीहरूमा पनि ०.६ देखि ०.६४ अंकले उकालो लागेका छन् । बाँकी सबै समूहका सूचक ०.१ प्रतिशतदेखि ०.७६ प्रतिशतसम्मको ओरालाे लागेकाे छ । 

नेप्सेका अनुसार बिहीबार सिनर्जी पावर कम्पनी, सिंगटी हाइड्रोलगायतको सेयर मूल्य बढेको छ । त्यस्तैगरी सामलिङ पावर कम्पनी, मैलुङ खोला जलविद्युत् कम्पनी, सामुदायिक लघुवित्त वित्तीय संस्था, स्वाभिमान लघुवित्त वित्तीय संस्थालगायतको शेयर मूल्य घटेको छ ।