बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

बिनापूर्जी प्रहरी नियन्त्रण र यातना

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

बारा । प्रहरी निरीक्षककावमा रहेको क्राइम ब्रान्च टोलीका सदस्यहरूले बिनाकारण कलैया उपमहानगरपालिका–१ का संजय साहलाई नियन्त्रणमा लिएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ। ‘आफूहरूले भनेको कुरा नमानेको,’ भन्दै शुक्रबार नियन्त्रणमा लिएर प्रहरीले आफूलाई कुटपिट गरेको पीडितले बताएका छन्।

मुलुकी अपराध संहिता २०७४ का अनुसार प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गर्नुभन्दा पहिला अदातल वा जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्छ। तर प्रहरीले भने अनुसार नचलेको निहुँमा बिनापुर्जी नियन्त्रणमा लिएर साहलाई कुटपिट गरिएको हो।

‘शुक्रबार बेलुका कलैयाको घण्टाघरनजिकै रहेको तारा स्विटसअगाडि उभिइरहेको अवस्थामा सादा पोशाकका प्रहरीहरू आएर केही सोध्नु छ भन्दै पसलभित्र लगे,’ साहले भने, ‘तारा स्विटसभित्र पुगेपछि मेरो मोबाइल लिए र मलाई बाहिर जान रोक लगाए।’ आजको नागरिक दैनिकमा खबर छ ।