'स्टार नुवाकोट अस्पताल'  विदुरस्थित ढुंगेमा विधिवत् रुपमा सञ्चालनमा

'स्टार नुवाकोट अस्पताल'  विदुरस्थित ढुंगेमा विधिवत् रुपमा सञ्चालनमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  मंसिर २३, २०७८

ललितपुर ।  स्टार अस्पतालले सानेपाले नुवाकोटमा 'स्टार नुवाकोट अस्पताल'  विदुरस्थित ढुंगेमा सञ्चालनमा ल्याएको जनाएको  छ।

स्टार अस्पतालका अनुसार एक वर्षदेखि सेवा दिँदै आएको भए पनि अस्पतालको विधिवत् उद्घाटन भने हालै गरिएको हो ।

स्टार अस्पतालले दिएको जनाकारी अनुसार  विशिष्टीकृत सेवा दिने अस्पतालका रुपमा परिचित स्टार अस्पतालले उपत्यकाबाहिर पनि विशिष्टीकृत सेवा विस्तार गर्ने उद्देश्यले नुवाकोटको विदुरस्थित ढुंगेमा अस्पताल सञ्चालन गरेको मेडिकल डाइरेक्टर डा. शैल रुपाखेतीले जनाकारी दिनु भएको छ । 

डा. रुपाखेतीका अनुसार  उपत्यका नजिकै भएर पनि धेरै स्वास्थ्य सेवाबाट वञ्चित भएको नुवाकोट र यस वरिपरिका सर्वसाधारणको स्वास्थ्य सेवा पहुँचमा सजिलो होस भने यहाँ अस्पताल सञ्चालनमा ल्याइएको हो ।  अस्पताल सञ्चालनसँगै स सानो स्वास्थ्य सेवा लिन पनि काठमाडौँ जानुपर्ने बाध्यता हट्ने समेत डा. रुपाखेती भनाइ छ । 

एक समारोहबिच स्टार अस्पतालका कार्यकारी अध्यक्ष किशोर महर्जन गत बुधवार उक्त अस्पतालको औपचारिक उद्घाटन गर्नु भएको थियो । समाराेहमा दिएको जानकारी  नियमित विशेषज्ञ सेवासँगै सातामा एक दिन काठमाडौँबाट विशेषज्ञ गएर विशिष्टीकृत सेवा उपलब्ध हुने छ ।  दुई वटा अपरेसन थिएटरसहित सिटी स्क्यान समेत राखिएको छ भने पेट रोगदेखि हाड जोर्नी, नाक, कान घाँटी, स्त्रीरोग सबै सेवाहरू उपलब्ध हुने समेत जानकारी गराइएको छ ।