सापसको कविता यात्रा: आठ बुँदे घोषणापत्रसहित सम्पन्न इलाम पर्यटनमैत्री साहित्य सम्मेलन

सापसको कविता यात्रा:  आठ बुँदे घोषणापत्रसहित सम्पन्न इलाम पर्यटनमैत्री साहित्य सम्मेलन

लोकसंवाद संवाददाता  |  साहित्य  |  मंसिर २५, २०७८

इलाम । सूर्योदयको जिल्ला इलाममा आयोजना गरिएको दुई दिने अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलन आठ बुँदे घोषणापत्रसहित सकिएको छ । 

साहित्यिक पत्रकार संघ, काठमाडौँ र इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठान र इलाम नगर पर्यटन प्रवर्द्धन समितिले संयुक्त रूपमा आयोजना गरेको सो सम्मेलनमा इलाम बाहिरबाटमात्र एक सय बढी साहित्यकारहरू इलाम पुगेका थिए । 

सो सम्मेलनमा नेपालबाट काठमाडौँ, चितवन, मकवानपुर, सिन्धुली, नेपालगन्ज, इलाम, झापा, पाँचथर, ताप्लेजुङ, सुनसरी, मोरङ, पोखरालगायत भारतको दार्जिलिङ, सिलगढी, कालेम्पोङ्ग, सिक्किम, गुवाहाटी, मणिपुर, कोलकातालगायत क्यानमेरा, अस्ट्रेलिया, अमेरिकाबाट गरी एक सय बढी साहित्यकारहरूले सो सम्मेलनमा भाग लिएका हुन । 

यस सम्मेलनले नेपाल र भारतको नेपाली साहित्यिक सम्बन्धलाई अझ बलियो बनाएको र इलामको पर्यटनको प्रचारमा सहयोग पुग्ने विश्वास आयोजकहरूको रहेको छ। 

वरिष्ठ साहित्यकार डा. गार्गी शर्माको प्रमुख आतिथ्यमा आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता इलाम नगरपालिका साहित्य, कला, सङ्गीत प्रतिष्ठानकी अध्यक्ष टीका घिमिरेले गरेकी थिइन । 

सो कार्यक्रममा सम्मेलनका सह अध्यक्ष तथा साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीले कार्यक्रमको उद्देश्य र महत्त्वमाथि प्रकाश पारेका थिए ।

कार्यक्रममा विशेष अतिथिका रूपमा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष वरिष्ठ साहित्यकार प्रेम प्रधान, भारतीय नेपाली नारी साहित्य मञ्चकी अध्यक्ष वरिष्ठ आख्यानकार बिन्दा सुब्बा (दार्जिलिङ), नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष गोपीचन्द्र प्रधान, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठ, गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ आख्यानकार एवं साहित्यिक पत्रकार हिरण्यकुमारी पाठक (काठमाडौँ),  प्रा. युद्धप्रसाद वैद्य, वरिष्ठ नाटककार प्राज्ञ अशेष मल्ल, वरिष्ठ साहित्यकार मुक्ति बराल (सिलगढी), वरिष्ठ साहित्यकार गायत्री श्रेष्ठ (चितवन) आदि रहनु भएको थियो । 

यसैगरी अतिथिका रूपमा दायित्व प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्त, वरिष्ठ समालोचक प्रमोद प्रधान, वरिष्ठ नियात्राकार युवराज नयाँ घरे, साहित्यकार नारायण होमागाई (कोलकाता), अनेसास सिलगढी च्याप्टरकी अध्यक्ष लतिका जोशी, वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, प्राज्ञ नन्दु उप्रेती, वरिष्ठ समालोचक प्रा। डा। सावित्री मल्ल कक्षपति, अनेसासकी सल्लाहकार एवं सिक्किम च्याप्टकी निवर्तमान अध्यक्ष डा। पुष्पा शर्मा, सखी प्रतिष्ठान अध्यक्ष मन्जिला अनिल, दार्जिलिङका साहित्यकारहरू युवराज काफ्ले, नगेन्द्र गोर्खा, सीताराम काफ्ले, सूर्य श्रेष्ठ, जोगेन दर्नाल, सविता थापा संकल्प, सुमित्रा अविरल, नगेन्द्र गोर्खा, प्रा। तेजमान बराइली, सुकराज दियाली, डा। जीवन राणा, कृष्ण पी ठटाल, जीवन नामदुङ, बीनिता छेत्री, नरेश कटुवाल छेत्री, रोशन राई, ज्ञानेन्द्र खतिवडा, ललिता जोशी, खेम सापकोटा, कालुसिह रनपहेली, नुहाङ् राई (मिरिक), लोकनाथ उपाध्याय चापागाईं, टिकाराम थापा, तेजमान बरायली, शान्ति सिह, उषा गहतराज नन्दी, कृष्ण बी. ठटाललगायतको उपस्थिति रहेको थियो । 

यसैगरी सिक्किमका साहित्यकारहरू उषा शर्मा, कवि मुन्ना बराल, युवा बराल, हरिश मोक्तान अल्लारे, जीविका अश्रु र गुवाहाटी, असमका साहित्यकारहरू कृष्णा क्षेत्री, लक्ष्मी सुवेदी, हीमा क्षेत्री विष्णु शास्त्री, पूर्ण कुमार शर्मा, सागर सापकोटा तथा माणिपुरका साहित्यकारहरू बसन्ती पौडेल र सीतादेवी छेत्रीलगायतको पनि उपस्थिति रहेको थियो । 

सोही कार्यक्रममा काठमाडौंका साहित्यकारहरू किशोर पहाडी, दिव्य गिरि, मुरारी सिग्देल, कमला रिसाल, सुष्मा अंशु (भक्तपुर), मनिला वन्त, सुमन थापा संगम, पारु तिमिल्सिना, गोमा कटुवाल, डम्बर पहाडी, नीरु श्रेष्ठ, भगिरथ काफ्ले र अनिलनाथ उप्रेतीको उपस्थिति रहेको थियो । 

यसैगरी नेपालगन्जबाट कल्पना खरेल, चितवनबाट सुरेन्द्र अस्तफल, उषा तिवारी, सरला जोशी, केशव श्रेष्ठ र  मकवानपुर, पालुङबाट बिर्खे अन्जान, सिन्धुलीबाट मैयाँ लामिछाने र सन्ध्या देवकोटा, धरानबाट लक्ष्मी अच्युत ढुंगाना, ताप्लेजुङबाट भवनी तावालगायतको उपस्थिति रहेको थियो । 

यसैगरी अस्ट्रेलिया क्यानबेराबाट कविहरु महत्ता घिमिरे चापागाईं र वासु चापागाईं तथा अमेरिकाबाट कवि नीता श्रेष्ठको उपस्थिति रहेको थियो । 

कार्यक्रममा इलाम नगरपालिकाका प्रमुख महेश बस्नेत, नेपाली साहित्य सम्मेलन दार्जीलिङ्गका पूर्व अध्यक्ष एवं नेपाली भाषा परामर्श समिति, दिल्लीका पूर्व संयोजक वरिष्ठ साहित्यकार प्रेम प्रधान, प्राज्ञ नन्दु उप्रेती, प्रा। युद्दप्रसाद बैद्य, इलामका प्रमुख जिल्ला अधिकारी ध्रुबबहादुर खड्कालगायतले शुभकामना मन्तव्य राखेका थिए । 

यसअगि सम्मेलनका प्रमुख अतिथि डा. गार्गी शर्मा र इलाम नगरप्रमुख महेश बस्नेतले पानसमा दीप प्रज्वलन गरेर सम्मेलनको उदघाटन गरेका थिए भने प्रसिद्द गायक नारायण गोपालको तस्वीरमा फूलमाला चढाएका थिए । यसैगरी इलाम नगर पर्यटन प्रवर्द्धन समितिका संयोजक प्रकाश अधिकारीले सम्मेलनका अतिथिहरुलाई स्वागत गरेका थिए । 

सोही सम्मेलनमा गुवाहाटी, भारतकी चर्चित नृत्याङ्गना कृष्णा छेत्रीले उडिसाको प्रसिद्द ओडिसी नृत्य प्रस्तुत गरेकी थिइन । उनले ओडिसी नृत्यको मंगलचरण पन्च देवी प्रस्तुत गरिन । सम्मेलनमा इलामका गायक नन्दकुमार श्रेष्ठ र चित्रकार प्रेम केसीलाई नगदसहित सम्मानपत्र प्रदान गरिएको थियो । 

वरिष्ठ कवि,आख्यानकार एवं समीक्षक प्रेम प्रधानको प्रमुख आतिथ्यमा विभिन्न स्थानबाट भेला भएका साहित्यकारहरूले कविता, गीत, गजल वाचन गरेका थिए । जसको संचालन कवि विमल वैद्यले गरेका थिए । साथै सम्मेलनमा इलामका  पर्यटकीयस्थलहरुको प्रदर्शनी पनि गरिएको थियो । 

इलामका साहित्यकार एवं संचारकर्मी दिवाकर भण्डारीले संचालन गरेको सो सम्मेनलनमा बालवाङ्मय तथा अनुसन्धान केन्द्रका अध्यक्ष वरिष्ठ समालोचक प्रमोद प्रधानले ूपर्यटन प्रवर्द्धनमा साहित्यको भूमिकाू कार्यपत्र प्रस्तुत गरेका थिए भने प्रा। डा सावित्री कक्षपति मल्लले सो कार्यपत्रमाथि टिप्पणी गरेकी थिइन । यसैगरी वरिष्ठ नियात्राकार युवराज नयाघरेले ूयात्रास् भाव, भाका र भाषाू शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि वरिष्ठ नियात्राकार एवं साहित्यिक पत्रकार रामप्रसाद पन्तले टिप्पणी गरेका थिए । यसैगरी साहित्यकार डा। देवी क्षेत्री दुलालले 'पर्यटनको विकासमा साहित्यको भूमिका' शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमाथि निकै लामो टिप्पणी साहित्यकार चन्द्र भण्डारीले गरेका थिए । 

दुई दिने अन्तरदेशीय इलाम पर्यटनमैत्री साहित्य सम्मेलनमा सहभागी दुवै देशका सय हाराहारी साहित्यकारले पर्यटन प्रवद्र्धनमा साहित्यको महत्वपूर्ण भूमिका रहने औंल्याएका छन् । त्यस अवसरमा इलामको पर्यटकीय क्षेत्रबारे सञ्जीव पौडेलले अवधारणापत्र प्रस्तुत गरे । 

कार्यक्रमको समापनको अवसरमा प्रसिद्द गायक नारायण गोपालको स्मृति दिवस साझको आयोजना गरेर विशेष सास्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रममा वरिष्ठ सङ्गीतकार बुलु मुकारुङ, कोमल निरौला, रोशन कर्माचार्य, रोशित कर्माचार्यलगायत स्थानीय कलाकारहरुको गीत र नृत्यहरु प्रस्तुत भएका थिए । 

समापन कार्यक्रम कै अवसरमा आठ बुदे इलाम घोषणापत्र जारी गरिएको थियो । कार्यक्रममा पुस्तक प्रदर्शनी र साँस्कृतिक कार्यक्रमको पनि आयोजना गरिएको थियो । 

कार्यक्रमको दोस्रो दिन स्थानीय पर्यटनस्थलहरुको भ्रमण, माईपोखरीमा नेपाल र भारतका विभिन्न कविहरुबाट काव्य वाचन, साहित्यकार अशेष मल्लबाट  कविताबारे चर्चा, गायक कमला रिसालबाट गीत र चर्या नृत्यका लागि प्रसिद्द नाम मेनका लामाबाट बन्दना नृत्य सम्पन्न भएको थियो । सोही दिन साझमा इलाम चियाबारी होमस्टेमा स्रष्टा क्याम्फायर सम्पन्न भएको थितो । यसैगरी तेस्रो र चौथो दिन कन्याम र श्रीअन्तुको भ्रमण सम्पन्न भएको थियो ।