डा. त्रिसाला गुरुङको 'तिम्रोजस्तै ' बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

डा. त्रिसाला गुरुङको 'तिम्रोजस्तै ' बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  मंसिर २५, २०७८

काठमाडौँ  । गायिका डा. त्रिसाला गुरुङको आवाजमा रेकर्ड भएको 'तिम्रोजस्तै ' बोलको नयाँ गीतको म्युजिक भिडियो जमलस्थित सांस्कृतिक संस्थानको प्रेक्षालयमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । 

कृष्ण गुरूङ 'बोधीसत्व' को शब्द रचना रहेको गीतमा बि. बि. अनुरागीको सङ्गीत र श्याम श्वेत रसाइलीको मिक्सिङ(प्रशोधन) र मास्टरिङ(मुद्रण) रहेको छ ।

भिडियोमा स्वामी सुवासचन्द्र,  उपासना नेम्बाङ र प्रेरणा थापाको अभिनय रहेको छ । नृत्य निर्देशक कविराज गहतराजको निर्देशन रहेको म्युजिक भिडियोको प्रस्तुति भेगन गुरूको रहेको छ भने बालकृष्ण थारुको कथामा बनेको भिडियोलाई रूपेश थापाले छायाङ्कन गरेका छन् । भिडियोको सम्पादन अर्जुन जिसीले गरेका छन् । 

सरोज पाण्डेको मेकअप र प्रिया रोक्काको केश बिन्यास रहेको उक्त भिडियोमा साजन थापा सह-निर्देशक रहेका छन् भने भिडियोको निर्माता गीतकार स्वयं अर्थात् कृष्ण गुरूङ 'बोधीसत्व'रहेका छन् ।

भिडियो सार्वजनिक कार्यक्रममा भेटिएकी कलाकार उपासना नेम्बाङलाई 'यो कस्तो विषयमा बनेको म्युजिक भिडियो हो ?  भनेर राखिएको जिज्ञासामा यस्तो जवाफ दिइन् 'यो भिडियो खासगरी अहिंसा अर्थात् पशु बली र हिंसाका विरूद्ध लेखिएको एउटा अत्यन्तै सम्वेदनशील विषयमाथि बनेको चेतनामूलक आह्वान हो । पशुपंक्षीको जीवन र मानव जीवन एउटै हो भन्ने सन्देश प्रवाह भएको यो गीतको म्युजिक भिडियो मेरा लागि झनै सान्दर्भिक यसकारण भएको छ कि म स्वयं पनि साकाहारी हुँ । र, म यही भिडियो मार्फत् सम्पूर्ण मानवलाई अनुरोध गर्न चाहन्छु कि-सकेसम्म हामी सबै नै साकाहारी बनौँ र पशुपंक्षीलाई माया गरौं ।' कलाकार उपासना नेम्बाङले यसो भनिरहँदा र भिडियो हेरिसक्दा लाग्यो, वास्तवमै आजको मानवसंसार हिंसाबाट मुक्त हुनुपर्छ भन्ने सन्देश बोकेको यो म्युजिक भिडियो उत्कृष्ट बनेको छ ।

म्युजिक भिडियो यहाँ क्लिक गरेर हर्न सकिन्छ