यस्तो छ डा. शेखर कोइरालाले सार्वजनिक गरेको अवधारणापत्र

यस्तो छ डा. शेखर कोइरालाले सार्वजनिक गरेको अवधारणापत्र

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २६, २०७८

नेपाली का‌ंग्रेस सभापति उम्मेदवार डा. शेखर काेइरालाले अवधारणापत्र सार्वजनिक गरेका छन् । काठमाडाैंमा जारी पार्टीकाे १४औँ महाधिवेशनअन्तर्गत शनिबार सभापति पदमा उम्मेदवारी दर्ता गरेका काेइरालाले आइतबार अवधारणापत्र सार्वजनिक गरेका हुन् । 

'नेपाल पक्कै ब्युँझिन्छ जय नेपालको नाराले, कांग्रेस पक्कै जाग्दछ युवाको आवाजले' भन्ने नाराका साथ उनले अवधारणापत्र सार्वजनिक गरेका हुन् । 

आफ्नाे सभापति पदमा  किन उम्मेदवारी भन्दै काेइरालाले सार्वजनिक गरेकाे अवधारणापत्र :

नेपालको लोकतान्त्रिक आन्दोलनको अगुवाइ नेपाली कांग्रेसले विगत सात दशकभन्दा बढी समय देखि गर्दै आईरहेको छ । यसक्रममा हाम्रा अग्रज श्रद्धेय नेताहरुको संघर्षमय सक्रियता र नेतृत्वलाई म स्मरण गर्न चाहन्छु ।

जननायक विपी कोइरालाको नेतृत्वमा नेपालको लोकतान्त्रिक आन्दोलनले वैचारिक, सांगठनिक र नेतृत्वदायी भूमिका पायो । आज कांग्रेस पार्टीको सभापतिमा मेरो उम्मेदवारी भैरहँदा म जननायक विपी कोइरालालाई स्मरण गर्न चाहन्छु, जस्को नेतृत्वमा बि.स.२००७ सालको क्रान्ति सफलतापूर्वक सम्पन्न भयो । नेपाली जनताले कोइरालाको नेतृत्व माथि विश्वास गर्दै देशमा बि.स. २०१५ सालमा पहिलो पटक आम निर्वाचनमा दुई तिहाई बहुमतको सरकार सम्भव भयो । कोइरालाको जनहित कार्यबाट त्रसित भएर तत्कालीन राजा महेन्द्रले बि.स. २०१७ सालमा प्रजातन्त्रको अपहरण गरे, देशमा निरंकुश शासन लागु भयो ।

निरंकुशता विरुद्धको तीन दशकको यात्रा सहज थिएन । यसमा कैयन युवाहरुले शहादत प्राप्त गरे, कैयन प्रवास र जेल जीवनमा दसकौं बस्न बाध्य भए, कैयन परिवारहरुको आफन्त गुम्यो । तर पनि लोकतन्त्रको पूर्नस्थापनाको अगुवा भएर दानवीर र त्यागी नेता सुवर्ण सम्शेर, वीर गणेशमान, सन्त नेता कृष्णप्रसाद भट्टराई, जुझारु एवम अथकित योद्धा गिरिजाप्रसाद कोइराला, निष्ठा र सादगीपूर्ण राजनीतिक जीवनको पथ प्रदर्शक सुशील कोइरालाको नेतृत्वमा कांग्रेसले निरंकुशता विरुद्धको सबै मोर्चामा लड्यो र सवै नेपालीलाई एकता, सदभाव र सहकार्यको राजनीतिक संस्कृति संस्कारलाई अगाडि बढायो ।

लोकतन्त्र पूर्नस्थापनाको मोर्चामा लडेका योद्धाहरु महेन्द्रनारायण निधि, मंगलादेवी सिंह, शैलजा आचार्य, योगेन्द्रमान शेरचन, देवानसिंह राई, नोना कोइराला, सरोज कोइराला,  रामनारायण मिश्र, भिमबहादुर तामाङ्ग, भूविक्रम नेम्वाङ, चक्रप्रसाद बास्तोला, शेख इद्रिस, तुरसा हेमरम सतार लगायत कैयनका गौरवपूर्ण इतिहास र बलिदानलाई म आजको दिन स्मरण गर्न चाहन्छु ।

आज नेपाली जनतासंग सर्वभौमसत्ता र राजकीय सत्ता सम्पन्न नागरिक हुनुको गर्व छ  भने त्यसको जग निर्माणमा हाम्रा ती अग्रज नेताहरुको त्याग र संघर्षलाई स्मरण गर्दै,

हाम्रा अग्रज नेताहरुको गौरवशाली इतिहास र त्यागलाई साक्षी राख्दै कांग्रेसको भविष्य युवाहरुको काँधमा मात्र सुरक्षित छ भन्ने विश्वासका साथ म कांग्रेस सभापति पदमा “एक कार्यकालको”  लागि मात्र उठेको छु । चार वर्षको कांग्रेस सभापतिको कार्यकालमा पार्टीको विचार, संगठन, नेतृत्वमा नयाँधार र नयाँपन ल्याउने विश्वासको साथ आफ्नो उम्मेदवारी घोषणा गरिरहँदा संक्षिप्त विचार र कार्यक्रम सहित उभिएको छु । यसको विस्तृत रुप यथासमय ल्याउने बाचा गर्दछु ।

संकल्प

अन्त्यमा,

        नेपाली कांग्रेसको चालु अधिवेशनलाई हाम्रा छिमेकी देशहरु र अन्तराष्ट्रिय समुदायले पनि चासोको साथ हेरिरहेका छन । कांग्रेसको अधिवेशन कांग्रेसजनको लागि मात्र सरोकारको विषय होइन, यो सम्पुर्ण नेपाली समाज रुपान्तरणको प्रक्रिया हो । चालु अधिवेशनले कस्तो नेतृत्वको हातमा कांग्रेस जान्छ भन्ने चिन्ता र चासो सर्बत्र भएकोले सबै निष्ठावान र इमान्दार साथीहरुले आफ्नो बिवेकको मत प्रयोग गरी सक्षम र फ्रेस कांग्रेस निर्माणको महायज्ञमा आफुलाई उभ्याउनु हुनेछ भन्ने आशा, भरोसा र विश्वासका साथ ।

जय नेपाल

डा. शेखर कोइराला

केन्द्रीय सभापति पदका उम्मेद्वार