कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी

कांग्रेस नेतृत्व चयनका लागि भोलि निर्वाचन, ८१४ बुथबाट मतदानको तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २६, २०७८

नेपाली कांग्रेसको जारी १४औँ महाधिवेशनमा सोमबार नयाँ केन्द्रीय कार्यसमिति सदस्यका लागि निर्वाचन हुँदै छ ।

शुक्रबारदेखि सुरु भएको महाधिवेशनमा सोमबार १३ पदाधिकारीसहित १३४ नयाँ कार्यसमिति सदस्य चयनका लागि निर्वाचन हुन लागेको हो ।  सोमबार बिहान ८ बजेबदेखि मतदान प्रक्रिया सुरु हुने कांग्रेस निर्वाचन समितिले जनाएको छ । 

समितिका अनुसार भृकुटीमण्डपमा ५१४ र राष्ट्रियसभा गृह र पुलिस क्लबमा ३०० बुथ निर्माण भइरहेको छ । ८१४ वटा बुथबाट सोमबार ४ हजार ७०० भन्दा बढी प्रतिनिधिले कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति सदस्य चयनका लागि मतदान गर्नेछन् ।