सीटीईभीटीले ग-यो मन्त्रीको चाकडी, शिक्षामन्त्रीलाई शिलान्यास गर्न हतार

सीटीईभीटीले ग-यो मन्त्रीको चाकडी, शिक्षामन्त्रीलाई शिलान्यास गर्न हतार

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख ३०, २०७६

काठमाडौं । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले निर्माण प्रकृया नै पुरा नभएको दुई वटा नमुना प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सिटिइभीटी)ले कुनै प्राविधिक तयारी नै पुरा नगरी मन्त्री पोखरेललाई शिलान्यास गर्न लगाइएको हो ।

मन्त्री पोखरेलले शिलान्यास गर्ने विषयमा जानकारी नै नलिई लोकप्रियता कमाउन महोत्तरीको बर्दिवासको खयरमारामा निर्माण गर्ने तयारीमा रहेको निर्मल लामा नमुना प्राविधिक शिक्षालय र चितवनको माडीमा रहेको दिवाकर प्राविधिक शिक्षालय शिलान्यास गर्नु भएको छ ।

मन्त्री पोखरेलले गएको शुक्रबार लामा र करिब एक महिना अघि दिवाकर प्राविधिक शिक्षालयको शिलान्यास गर्नुभएको थियो । परामर्शदाता छनौट, वातावरणीय परीक्षण, माटो परीक्षण, टेण्डर आब्हान, स्टिमेट गरेर ठेकेदार छनौट गरेपछि मात्रै निर्माण शुरु गर्नुअघि शिलान्यास गर्ने परम्परालाई मन्त्री पोखरेलले तोडेर ती दुवै शिक्षालयको शिलान्यास गर्नु भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।