२६ दलीय मोर्चाले एमसीए नेपालको कार्यालय घेराउ गर्ने

२६ दलीय मोर्चाले एमसीए नेपालको कार्यालय घेराउ गर्ने

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २७, २०७८

एमसीसीविरुद्ध संघर्षमा उत्रिएको नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपासहित २६ दलीय मोर्चाले सोमबार दरबारमार्गस्थित होटल याक एण्ड यतिमा रहेको एमसीए नेपालको कार्यालय घेराउ गर्ने भएको छ । 

मोर्चाका अनुसार सोमबार मध्याह्न १२ बजे एमसीएको कार्यालय घेराउ गरिनेछ ।नेपालको अहितमा रहेको भन्दै उनीहरूले एमसीसी अस्वीकार गर्नुपर्ने बताउँदै आएका छन् ।