भोलिदेखि संसद् अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने

भोलिदेखि संसद् अधिवेशन, आज सांसदको कोरोना परीक्षण गरिने

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २७, २०७८

संघीय संसदको दुवै सदनको अधिवेशन मंगलबारदेखि सुरु हुँदै छ । यही १६ मंसिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले २८ मंसिर मंगलबार दिउँसो २ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र, नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् । 

मंगलबारदेखि दुवै सदनको अधिवेशन सुरु हुने भएपछि सभापति अग्निप्रसाद सापकोटाले सोमबार बिहान ११ बजे बैठक स्थललगायतको निरीक्षण गर्ने भएका छन् । 

संसद भवनको स्काई हलमा सभामुखसहित संघीय संसद आवद्ध सबैको कोभिड- १९ को एन्टिजेन परीक्षण गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

सचिवालयका अनुसार संसद्का सांसददेखि सुरक्षाकर्मीहरूसम्मको सोमबार अपराह्न ३ बजेसम्म एन्टिजेन परीक्षण गरिनेछ ।