नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा

नेपाल लाइफको संस्थापक शेयर बिक्रीमा

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २७, २०७८

नेपाल लाइफ इन्स्योरेन्सका संस्थापकले शेयर बिक्री गर्ने भएका छन् । कम्पनीका  संस्थापक शेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको २ लाख १३ हजार १०० कित्ता शेयर बिक्रीमा ल्याएको कम्पनीले सोमबार एक सूचना प्रकाशन गरी जनाएको छ ।

कम्पनीका संस्थापक शेयरधनीहरू अशोककुमार अग्रवाल र प्रुडेन्सियल क्यापिटल मेनेजमेन्टको नाममा रहेको शेयर बिक्रीमा आएको हो ।

कम्पनीको संस्थापक शेयरधनी अग्रवालको १३ हजार १०० कित्ता र प्रुडेन्सियल क्यापिटलको २ लाख कित्ता शेयर बिक्री गर्ने सूचनामा जनाइएको छ । 

सो शेयर खरिद गर्नका लागि संस्थापक शेयर कारोबारसम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नं. ११ बमोजिम सुरुमा संस्थाका संस्थापक शेयरधनीले खरिद गर्नपर्ने हुन्छ । संस्थापक शेयरधनीबाट कुनै पनि आवेदन नपरेमा सर्वसाधारणले उक्त शेयर खरिद गर्न सक्नेछन् ।

इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजात संकलन गरेर कम्पनीको केन्द्रीय कार्यालय, कमलादी काठमाडौंमा पुग्ने गरी आवेदन दिनुपर्नेछ ।