मतदान गरेर बाहिरिए प्रकाशमान सिंह

मतदान गरेर बाहिरिए प्रकाशमान सिंह

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २७, २०७८

नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेर बाहिरिएका छन् । काठमाडौंमा जारी १४औँ महाधिवेशनअन्तर्गत सोमबार भइरहेको निर्वाचनमा उनले मतदान गरेका हुन् । 

कांग्रेस नयाँ नेतृत्वका लागि राष्ट्रिय सभागृह, भृकुटीमण्डप र प्रहरी क्लबमा मतदान केन्द्रबाट मतदान कार्य भइरहेको छ । 

सभापति पदमा उम्मेदवार सिंहसहित शेरबहादुर देउवा र डा. शेखर कोइरालाले पनि मतदान गरेका छन् ।