माईखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निश्कासन प्रमुख एजेण्डा

माईखोला हाइड्रोपावरको साधारणसभा २२ पुसमा, आईपीओ निश्कासन प्रमुख एजेण्डा

लोकसंवाद संवाददाता  |  कारोबार  |  मंसिर २९, २०७८

माईखोला हाइड्रोपावरले २२ पुसमा साधारणसभा डाकेको छ । आईपीओ निश्कासन गर्ने प्रमुख एजेण्डासहित कम्पनीले केन्द्रीय कार्यालय अनामनगर काठमाडौंमा बिहान ९ बजे सभा आह्वान गरेको हो । 

सभाले कम्पनीकाे आईपीओ निश्कासनबारे विशेष निर्णय गर्ने जनाएकाे छ । यस्तै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा/नोक्सानसम्बन्धी पनि सभामा छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्नेलगायतको एजेण्डा प्रस्ताव गर्ने कम्पनीकाे याेजना छ ।